logo

नेपालमा एआइआइबीले ३८ अर्ब रुपैयाँ लगानी गर्ने 

    1790   पटक पढिएको

४ असार / अर्थ र व्यापार - एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले नेपालले प्रस्ताव गरेका दुई आयोजनामा करिब ३८ अर्ब रुपैयाँ (३ सय ८० मिलियन अमेरिकी डलर) लगानी गर्ने भएको छ । नेपालले गत वर्ष प्रस्ताव गरेका ६ मध्ये सहरी पूर्वाधार विकास कार्यक्रम र विद्युत् वितरण प्रणाली सुधार कार्यक्रमका लागि सहयोग गर्न एआइआइबी तयार भएको हो ।
सहरी पूर्वाधार विकास कार्यक्रमका लागि २८ अर्ब र विद्युत् वितरण प्रणाली सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ । एआइआइबीको टोलीले पहिलो चरणको अध्ययनसमेत गरिसकेको यो आयोजनाको ऋण सम्झौता छिट्टै गर्ने तयारी अर्थ मन्त्रालयको छ । नेपालले यी दुईबाहेक ८० मेगावाटको शारदा बबई जलाशययुक्त आयोजना, पोखरा–बेनी–मुस्ताङ सडक स्तरोन्नति, टोखा–छहरे सुरुङ मार्ग र तराईका सहरी पूर्वाधार सुधार कार्यक्रममा लगानीको प्रस्ताव एआइआइबीसमक्ष गरेको थियो ।
एआइआइबीले नेपाललाई सुरुदेखि नै कम विवादित र तयारी अवस्थामा रहेका आयोजना प्रस्ताव गर्न आग्रह गरेको थियो । तत्काल लगानी गर्न सकिने आयोजना नभएपछि पहिलो चरणमा ६ आयोजनामा लगानीका लागि नेपालले आग्रह गरेको थियो । अघिल्लो वर्ष असारमा सम्पन्न एआइआइबीको पहिलो वार्षिक बैठकमा नेपालले ती आयोजनामा लगानीका लागि प्रस्ताव पठाएको हो । साढे दुई वर्षअघि स्थापना भएको बैंकको संस्थापक नेपाल पनि हो । चीनको मुख्य लगानी रहेको बैंकमा नेपालसहित ५७ राष्ट्र संस्थापक छन् ।
एआइआइबीले ती आयोजनाको स्थलगत अध्ययन गरेको थियो । गत कात्तिकमा नेपाल आएको टोलीले यी आयोजनाको स्थलगत अध्ययन गरेको हो । एआइआइबीका के छ्वाङको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले यी आयोजनाको स्थलगत अध्ययन गरेको थियो । टोलीले तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरासँग पनि भेट गरेको थियो । भेटमा बैंकका प्रतिनिधिले नेपालमा लगानीका लागि आफूहरू सकारात्मक रहेको जवाफ दिएका थिए ।

एआइआबी बोर्ड अफ गभर्नर्सको दोस्रो बैठकको अन्तिम सत्रमा कार्कीले नेपालमा पूर्वाधार विकासका लागि कुल गार्हस्थ उत्पादनको ९ देखि १० प्रतिशत लगानी गर्नुपर्ने आवश्यकता भए पनि अहिले ४ प्रतिशत मात्रै लगानी भइरहेको छ  र यो अन्तर कम गर्न एआइआबीलगायतका संस्थाले लगानी गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।