logo

७० हजार कम्पनी खारेज हुँदै

    2401   पटक पढिएको


२१ जेठ / अर्थ र व्यापार -  करिब ७० हजार कम्पनीलाई कम्पनी रजिष्ट्रार कार्यालयले खारेजीमा लैजाने प्रक्रिया अघि बढाएको छ । पछिल्लो समय कम्पनी ऐन २०६३ संसदबाट संशोधन भएपछि खारेजी प्रक्रिया अघि बढेको हो । गत शुक्रबारसम्म कम्पनी रजिष्ट्रार कार्यालयमा एक लाख ६९ हजार कम्पनी दर्ता भएको थियो ।

पछिल्लो समय कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका ४० प्रतिशत कम्पनी निष्क्रिय रहेको छ । यो संख्या हरेक वर्ष बढ्दै गइरहेको छ । खारेजीमा लैजाने  कानुनी जटिलताका कारण निष्क्रिय कम्पनीको संख्या बढ्दै गएको हो ।   कम्पनीको संख्या बढ्दै जानु अनि निष्क्रिय संख्या बढ्दा उनीहरुको हिसाब किताब राख्नपनि समस्या हुँदै गएको अवस्थामा अब केहि सहजता हुनेछ ।

संसोधित ऐनअन्र्तगतम्।ा खारेजीमा जान चाहने कम्पनीले दुई वर्ष भित्र आफ्नो कम्पनीलाई खारेज गराउन सक्ने छन् । खारेजीमा लैजान चाहने कम्पनीले आफ्नो कम्पनीको साधारणसभाको निर्णय, कम्पनीले तोकेको जरिवाना भुक्तान गरेपछि कम्पनी रजिस्टारले तोकेको ढाँचामा निवेदन दिएपछि कम्पनी खारेजीमा जानेछ ।

कम्पनी खारेज गर्न चाहनेले दुई वर्र्ष्भित्र आफ्नो कम्पनीको चुक्ता पूँजीको ०.५ प्रतिशत वा जम्मा जरिवानाको रकम कुन कम हुन्छ त्यहि तिरेर कम्पनी बन्द गर्न सक्ने छन्। खारेजीको निवेदनको ढाँचा तयार हुँदै गरेको र त्यसको टुंगो केहिदिनमा लाग्ने भएकोले आउने हप्ताबाट कम्पनीको खारेजी प्रकिया अघि बढ्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।