logo

८ खर्ब ६८ अर्बको व्यापारमा ७ खर्ब ४६ अर्ब रुपैयाँ घाटा

    1845   पटक पढिएको

२ असार / अर्थ र व्यापार - चालु आर्थिक वर्षको वैदेशिक व्यापार १० महिनामा आठ खर्ब ६८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।  साउनदेखि वैशाखसम्म भएको कुल वैदेशिक व्यापार गएको आवको सोही अवधिकोभन्दा ३० दशमलव ७ प्रतिशतले बढी हो । १० महिनाको बैदेशिक व्यापारमा नेपालले ७ खर्ब ४६ अर्ब नोक्सानी बोहोरेको छ ।

यस वर्ष भएको कुल वैदेशिक व्यापारमा निर्यातको सात प्रतिशत र आयातको ९३ प्रतिशत योगदान रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निर्यात ७ दशमलव ७ प्रतिशतले वृद्धि भएर ६१ अर्व ७ करोड पुगेको छ भने आयात ३२ दशमलव ८  प्रतिशतले वृद्धि भएर ८ खर्ब ७ अर्ब २५ करोड पुगेको छ । गएको वर्षको दश महिनाको अवधिमा आयात–निर्यात व्यापारको अनुपात १ः१० दशमलव ७ रहेकोमा यस वर्ष  अनुपात  बढेर १ः१३ दशमवल २ पुगेकोे छ । फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा १९प्रतिशतले वृद्धि भएको छ ।

ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटीलगायतका वस्तु निर्यात भएका छन् ।  नेपालको आयात व्यापारमा पहिलो स्थानमा भारत रहेको छ भने दोश्रो स्थानमा चीन रहेको छ ।
भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादनहरु, यातायातका साधनहरु, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएकोे छ । चीनबाट दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेशिनरी तथा पार्टपुर्जा, स्याउ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् ।

युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेट बढी आयात भएर नेपाल बढी सामान पठाउने तस्रो मुलुक बन्न सफल भएको छ । निर्यात व्यापारमा भने  भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, वंगलादेश, क्यानडा,  अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम  आदि प्रमुुख देशहरूमा नेपाली उत्पादनले बजार पाएका छन् ।
समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ७.८ प्रतिशतले ह्रास आएको छ । उक्त अवधिमा ६ अर्ब १७ करोडको ऊनी गलैंचा निर्यात भएको छ । दोस्रो स्थान ओगटेको तयारी पोशाकको निर्यातमा ९ दशमलव ५ प्रतिशतले ह्रास आएर ४ अर्ब ३४ करोडमा सीमित रहेकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।