logo

८ खर्ब ६८ अर्बको व्यापारमा ७ खर्ब ४६ अर्ब रुपैयाँ घाटा

    1520   पटक पढिएको

२ असार / अर्थ र व्यापार - चालु आर्थिक वर्षको वैदेशिक व्यापार १० महिनामा आठ खर्ब ६८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।  साउनदेखि वैशाखसम्म भएको कुल वैदेशिक व्यापार गएको आवको सोही अवधिकोभन्दा ३० दशमलव ७ प्रतिशतले बढी हो । १० महिनाको बैदेशिक व्यापारमा नेपालले ७ खर्ब ४६ अर्ब नोक्सानी बोहोरेको छ ।

यस वर्ष भएको कुल वैदेशिक व्यापारमा निर्यातको सात प्रतिशत र आयातको ९३ प्रतिशत योगदान रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निर्यात ७ दशमलव ७ प्रतिशतले वृद्धि भएर ६१ अर्व ७ करोड पुगेको छ भने आयात ३२ दशमलव ८  प्रतिशतले वृद्धि भएर ८ खर्ब ७ अर्ब २५ करोड पुगेको छ । गएको वर्षको दश महिनाको अवधिमा आयात–निर्यात व्यापारको अनुपात १ः१० दशमलव ७ रहेकोमा यस वर्ष  अनुपात  बढेर १ः१३ दशमवल २ पुगेकोे छ । फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा १९प्रतिशतले वृद्धि भएको छ ।

ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटीलगायतका वस्तु निर्यात भएका छन् ।  नेपालको आयात व्यापारमा पहिलो स्थानमा भारत रहेको छ भने दोश्रो स्थानमा चीन रहेको छ ।
भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादनहरु, यातायातका साधनहरु, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएकोे छ । चीनबाट दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेशिनरी तथा पार्टपुर्जा, स्याउ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् ।

युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेट बढी आयात भएर नेपाल बढी सामान पठाउने तस्रो मुलुक बन्न सफल भएको छ । निर्यात व्यापारमा भने  भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, वंगलादेश, क्यानडा,  अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम  आदि प्रमुुख देशहरूमा नेपाली उत्पादनले बजार पाएका छन् ।
समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ७.८ प्रतिशतले ह्रास आएको छ । उक्त अवधिमा ६ अर्ब १७ करोडको ऊनी गलैंचा निर्यात भएको छ । दोस्रो स्थान ओगटेको तयारी पोशाकको निर्यातमा ९ दशमलव ५ प्रतिशतले ह्रास आएर ४ अर्ब ३४ करोडमा सीमित रहेकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।