logo

तानसेन नगरपालिकालाई ६९ करोडको बजेट

    1855   पटक पढिएको

३० भदौ / अर्थ र व्यापार – तानसेन नगरपालिकाले चालु आवमा ६९ करोड ११ लाख ३१ हजार ९४७ बजेट विनियोजन गरेको छ । 

नगरपालिकाले आन्तरिक आयमा रु चार करोड ६४ लाख ८० हजार, नेपाल सरकारको निशर्त अनुदान रु २३ करोड ८२ लाख ४७ हजार, गत आवको नगरपालिकाको बाँकी रकम रु छ करोड ९२ लाख १० हजार ९४७ गरी कुल निशर्त अनुदान रु ३५ करोड ३९ लाख ३७ हजार ९४७, सशर्त अनुदान रु १९ करोड २९ लाख ४४ हजार, सामाजिक सुरक्षा रु पाँच करोड, दातृ संस्थाको सहयोगबाट सञ्चालित आयोजनालाई अनुदान रु सात करोड १२ लाख ५० हजार, कन्टीन्जेन्सीबाट आम्दानी रु ३० लाख र जनसहभागिताबाट रु एक करोड ५० लाखबाट बजेट विनियोजन गरेको हो ।

आव २०७४–७५ मा कुल निशर्त १३.१३ प्रतिशत योगदान आन्तरिक आयबाट हुनेछ । यो वर्ष आन्तरिकमा रु एक करोड ६८ लाख थप प्रक्षेपण गरिने छ । १४ वडा कार्यालय सञ्चालनका लागि कुल रु एक करोड ७७ लाख ७८ हजार ७०० र नपामा रु ४ करोड ४ लाख ३० हजार बजेट विनियोजन गरेको छ । विहिबार सम्पन्न नगरपालिकाको प्रथम नगरसभाले यस आवको नीति, बजेट तथा कार्यक्रममा रु एक करोड कर्मचारी अवकासमा खर्च गर्नेछ ।

नगरपालिकाले प्रत्येक वडालाई चालु र पूँजीगत खर्च रु १२ लाख ७० हजार र रु ४५ लाख गरी कुल रु आठकरोड सातलाख ९९ हजार ७९२ बजेट निशर्त बजेटको २२.८२ प्रतिशत रहेको छ । वडा र नगर कार्यपालिका व्यवस्थापनका रु चार करोड ५७ लाख, सूचना र सञ्चार क्षेत्रमा रु २० लाख, संस्थागत विकासका लागि रु ७५ लाख, सम्पदा संरक्षणमा रु ३३ लाख, गरिबी न्यूनीकरणमा रु ६७ लाख, वातावरण प्रवद्र्धनमा रु ३० लाख, आन्तरिक राजस्व अभिवृद्धि र सुशासन प्रवद्र्धनमा रु २५ लाख विनियोजन गरिएको छ ।

विपन्न परिवारलाई निःशुल्क बीमामा रु २५ लाख, दिगो शहरी विकासका लागि रु १२ करोड १६ लाख विनियोजित बजेटमध्ये भौतिक पूर्वाधारमा रु एक करोड ८५ लाख, आर्थिक पूर्वाधारतर्फ रु २६ लाख, संस्थागत विकासमा रु ४३ लाख, राष्ट्रिय अन्तरराष्ट्रिय सम्बन्ध विकासमा रु ३८ लाख, बस्ती विकास सम्भाव्यता अध्ययनका लागि रु ३८ लाख बजेट विनियोजन गरिएको छ ।

तानसेनको खानेपानी उपभोक्ता समितिलाई रु २५ लाख र राष्ट्रिय पत्रकारिता पुरस्कारको अक्षयकोषका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।