logo

तानसेन नगरपालिकालाई ६९ करोडको बजेट

    1667   पटक पढिएको

३० भदौ / अर्थ र व्यापार – तानसेन नगरपालिकाले चालु आवमा ६९ करोड ११ लाख ३१ हजार ९४७ बजेट विनियोजन गरेको छ । 

नगरपालिकाले आन्तरिक आयमा रु चार करोड ६४ लाख ८० हजार, नेपाल सरकारको निशर्त अनुदान रु २३ करोड ८२ लाख ४७ हजार, गत आवको नगरपालिकाको बाँकी रकम रु छ करोड ९२ लाख १० हजार ९४७ गरी कुल निशर्त अनुदान रु ३५ करोड ३९ लाख ३७ हजार ९४७, सशर्त अनुदान रु १९ करोड २९ लाख ४४ हजार, सामाजिक सुरक्षा रु पाँच करोड, दातृ संस्थाको सहयोगबाट सञ्चालित आयोजनालाई अनुदान रु सात करोड १२ लाख ५० हजार, कन्टीन्जेन्सीबाट आम्दानी रु ३० लाख र जनसहभागिताबाट रु एक करोड ५० लाखबाट बजेट विनियोजन गरेको हो ।

आव २०७४–७५ मा कुल निशर्त १३.१३ प्रतिशत योगदान आन्तरिक आयबाट हुनेछ । यो वर्ष आन्तरिकमा रु एक करोड ६८ लाख थप प्रक्षेपण गरिने छ । १४ वडा कार्यालय सञ्चालनका लागि कुल रु एक करोड ७७ लाख ७८ हजार ७०० र नपामा रु ४ करोड ४ लाख ३० हजार बजेट विनियोजन गरेको छ । विहिबार सम्पन्न नगरपालिकाको प्रथम नगरसभाले यस आवको नीति, बजेट तथा कार्यक्रममा रु एक करोड कर्मचारी अवकासमा खर्च गर्नेछ ।

नगरपालिकाले प्रत्येक वडालाई चालु र पूँजीगत खर्च रु १२ लाख ७० हजार र रु ४५ लाख गरी कुल रु आठकरोड सातलाख ९९ हजार ७९२ बजेट निशर्त बजेटको २२.८२ प्रतिशत रहेको छ । वडा र नगर कार्यपालिका व्यवस्थापनका रु चार करोड ५७ लाख, सूचना र सञ्चार क्षेत्रमा रु २० लाख, संस्थागत विकासका लागि रु ७५ लाख, सम्पदा संरक्षणमा रु ३३ लाख, गरिबी न्यूनीकरणमा रु ६७ लाख, वातावरण प्रवद्र्धनमा रु ३० लाख, आन्तरिक राजस्व अभिवृद्धि र सुशासन प्रवद्र्धनमा रु २५ लाख विनियोजन गरिएको छ ।

विपन्न परिवारलाई निःशुल्क बीमामा रु २५ लाख, दिगो शहरी विकासका लागि रु १२ करोड १६ लाख विनियोजित बजेटमध्ये भौतिक पूर्वाधारमा रु एक करोड ८५ लाख, आर्थिक पूर्वाधारतर्फ रु २६ लाख, संस्थागत विकासमा रु ४३ लाख, राष्ट्रिय अन्तरराष्ट्रिय सम्बन्ध विकासमा रु ३८ लाख, बस्ती विकास सम्भाव्यता अध्ययनका लागि रु ३८ लाख बजेट विनियोजन गरिएको छ ।

तानसेनको खानेपानी उपभोक्ता समितिलाई रु २५ लाख र राष्ट्रिय पत्रकारिता पुरस्कारको अक्षयकोषका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।