logo

एक वर्षमैै पाँच अर्बको हस्तकलाका सामान विदेश निर्यात

    1623   पटक पढिएको

८ साउन / अर्थ र व्यापार – आर्थिक वर्ष २०७३–०७४ मा चार अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ । नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड विभिन्न वन्यजन्तुका सिंङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सीसा, धूप, छाला, धातुजन्य सामग्री , ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकला र उनका सामान विदेश निर्यात भएको हो ।

निर्यात भएको हस्तकलामध्ये सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा भएको छ । अमेरिकामा  एक अर्ब ५६ करोड रुपैयाँ, चीनमा ६७ करोड ४७ लाख रुपैयाँ, जर्मनीमा ४३ करोड ७१ लाख रुपैयाँ तथा जापानमा ३५ करोड रुपैयाँ मूल्य बराबरको हस्तकलाका सामान निकासी भएको छ । अमेरिकामा नेपाली हस्तकलाको धेरै माग भएका कारण अत्यधिक व्यापार भएको हो। 

प्रदर्शनका लागि लैजाने हस्तकलाका सामानमा महासंघबाट निर्यात तथा व्यापार प्रवद्र्धन केन्द्रलाई, केन्द्रबाट त्रिभूवन अन्तराष्ट्रिय भन्सार कार्यालयलाई पत्र लेखेपछि मात्र लान पाइने व्यवस्था भएपनि अहिले केन्द्रले बन्द गरेका कारण प्रदर्शनका लागि विदेश लाने सामानमा समस्या परेको छ । 

महासंघबाट हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारत लगायत ६० भन्दाबढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित हस्तकलामध्ये सबैभन्दा धेरै उत्पादन ललितपुरमा हुने गरेको छ ।

आव ०७३/०७४ मा विदेश निर्यात भएको हस्तकलामध्ये फेल्ट, धातुजन्य, हातेकागज, ऊनीलगायत हस्तकलाका सामान धेरै छ । नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० संघ छन् । जिल्लागत संघ बाग्लुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, संखुवासभा र भक्तपुर जिल्लाका हुन् । यस्तै वस्तुगततर्फ धातु, जुत्ता, सेरामिक्स, पश्मिना, कागज लगायतका उद्योग आबद्ध छन् ।

फेल्ट, प्राकृतिक रेसा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा धेरै माग हुने गरेको छ । परम्परागत हस्तकलाभन्दा नवोदित हस्तकला विदेशमा बढी माग हुने गरेको छ । परम्परागत हस्तकलामा काष्ठकला, प्रस्तरकला, धातुकला लगायतका छन् भने नवोदितमा फेल्ट, प्राकृतिक रेसा, सिसाका सामान, बोधिचित्तका माला पर्दछन् ।

दुई वर्षअघिको तुलनामा २०७३–०७४ मा चार करोड मूल्यबढी कारोबार भएको थियो । आव २०७२–०७३ मा चार अर्ब ७६ करोड २४ लाख ६० हजार ५२४ रुपैयाँ बराबरका सामाग्री विदेशमा निर्यात भएको थियो । गत वर्षमा भूकम्पका कारण केही कमी बिक्री भए पनि यो वर्ष भने बढेको हो । महासंघमा पन्ध्रसय व्यवसायी आबद्ध भए पनि हाल २०० देखि ४०० व्यापारीले मात्र हस्तकला नियममित रुपमा निर्यात गर्दै आइरहेकोे छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।