logo

कञ्चनपुरको बेदकोट नगरपालिकालाई ४५ करोडको बजेट

    1579   पटक पढिएको

३१ साउन / अर्थ र व्यापार –  कञ्चनपुरको बेदकोट नगरपालिकाले चालू आवका लागि ४५ करोड बढी बजेट बिनियोजन गरेको छ ।  बेदकोट नगरपालिकाको प्रथम नगर सभाबाट रु ४५ करोड ५५ लाख ४४ हजार बजेट विनियोजन गरिएको हो । नगर सभाबाट चालू आवको बजेटसहित नीति र कार्यक्रम सर्वसम्मतिले पारित गरिएका छन् ।

नगरपालिकाले विनियोजित बजेटमा संघीय सरकारको वित्तीय समानीकरण अन्तर्गत २५ करोड नौ लाख, संघीय सरकारको सशर्त अनुदान नौ करोड ९३ लाख र आन्तरिकबाट ८० लाख आम्दानी हुने अनुमान गरिएको छ । नगर सभाले सामाजिक सुरक्षाका लागि रु आठ करोड बजेट अनुमान गरेको छ ।

नगर सभाबाट  १९ करोड १० लाख ६५ हजार पूँजीगत खर्च पाँच करोड ५० लाख चालू खर्च पारित गरिएको छ । वडाबाट आएका योजनाका लागि रु तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ । नगर कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरिएको अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिलाउने प्रक्रियाका लागिसमेत रु सात लाख बजेट विनियोजन गरिएको छ ।

बेदकोटमा सबै वडालाई ३२–३२ लाख बजेट विनियोजन गरिएको छ । वडामा भौतिक पूर्वाधार, स्वास्थ्य चौकी, शिक्षाका लागि वडालाई ३२ लाखका दरले बजेट विनियोजन गरिएको छ । सामाजिक सुरक्षा, कृषि, वन, स्वास्थ्य, महिला तथा बालबालिका, म्याचिङ फण्ड, विपन्न समुदाय उत्थान, ग्राभेलिङ, सांस्कृतिक क्षेत्र विकास, छाडा पशु चौपाया नियन्त्रणलगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको छ ।

कार्यक्रममा प्रमुख चन्दले नीति तथा कार्यक्रम र उपप्रमुखले चालू आवको बजेट प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले आर्थिक समृद्धि र विकासका लागि ‘एक घर एक सीप, रोजगारीको आधारः समृद्ध बेदकोट नगर समाजवादको पूर्वाधार’ नीति कार्यान्वयन गरिने लक्ष्य लिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।