logo

खाद्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक

    930   पटक पढिएको


१९ साउन/अर्थ र व्यापार – नेपालको खाद्य प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक प्राप्त गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तर्राष्ट्रिय मान्यता (प्रत्यायन) मा उच्च अंक प्राप्त गरेको हो ।
विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले परीक्षण तथा मापन प्रयोगशालाका लागि प्रत्यायन बोर्ड (एनएबीएल) बाट अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ÷आईईसी १७०२५ः२०१७ अनुसार ८ सय १४ परीक्षण सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।
विभागका अनुसार अब नेपालको आफ्नै प्रयोगशालामा परीक्षण भई गुणस्तरीय प्रमाणित भएका २२ वटा खाद्य समूहका ८ सय १४ नेपाली खाद्यवस्तु भारत बाहेक देशमा समेत विनाअवरोध निर्यात गर्ने सकिने छ ।
विभागले यसअघि ३ सय ८६ परीक्षण सूचकांकमा मात्र प्रत्यायन प्राप्त गरेकोमा अब त्यो संख्या ८ सय १४ मा पु¥याउन सफल भएको हो । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले यो उपलब्धिसँगै नेपालकै सरकारी प्रयोगशालामध्ये सबैभन्दा धेरै परीक्षण सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयोगशालाका रूपमा राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशाला स्थापित भएकोे बताए ।
त्यस्तै, भारत सरकार अन्तर्गत रहेको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले पनि नेपालको यो विभागको प्रयोगशालाबाट जारी हुने परीक्षण प्रमाणपत्र (विश्लेषण प्रमाणपत्र) र खाद्य स्वच्छता तथा गुणस्तर निर्यात प्रमाणपत्रलाई औपचारिक मान्यता प्रदान गरेको छ ।
भारतले प्रारम्भिक चरणमा जुस, जाम, जेली, अचार, मिठाई, तयारी चाउचाउ, अदुवा, ताजा तरकारी तथा फलफूल गरी ८ प्रकारका खाद्य वस्तु विश्लेषण प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरिसकेको विभागले जानकारी दिएको छ ।
एफएसएसएआई र एनएबीएलको संयुक्त एकीकृत प्रयोगशाला मूल्यांकनपछि विभागले ६ सय ८० परीक्षण सूचकांकमा एकीकृत प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । यसबाट नेपाली खाद्य तथा कृषिजन्य वस्तुको भारत निर्यात थप सहज हुने विभागको विश्वास छ ।
विभागका अनुसार सन् २०१२ मा २७ वटा रासायनिक परीक्षण सूचकांकबाट सुरु भएको प्रत्यायन प्रक्रिया विस्तार हुँदै २०२३ सम्ममा २ सय ८६ परीक्षण सूचकांकमा मान्यता प्राप्त गरिएको थियो । २०२५ मा भने संख्या बढेर ६ सय ७२ रासायनिक र १ सय ४२ सूक्ष्म जीवसम्बन्धी परीक्षण सूचकांक सहित कुल ८ सय १४ पुगेको छ ।
विभागले खाद्यमा प्रयोग गरिने थप पदार्थ, विषादी अवशेष, कृत्रिम गुलियो पदार्थ, खाद्य रङ, परिरक्षक, भिटामिन, धातु तथा विषालु धातु, अफ्लाटक्सिन लगायत १ सय २३ परीक्षण सूचकांकमा प्रत्यायन विस्तार गरेको जानकारी दिएको छ ।
विराटनगरस्थित विभागको क्षेत्रीय खाद्य प्रयोगशालाले पनि यस वर्ष ४६ परीक्षण सूचकांकमा प्रत्यायन विस्तारका लागि प्रक्रिया अघि बढाइसकेको विभागका प्रवक्ता महर्जनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।