२२ असार/अर्थ र व्यापार – आगामी साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सन तथा उपदान नपाउने भएका छन् । सरकारले उनीहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शुक्रबार आगामी आव २०८२/८३ बाट योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली अनिवार्य गर्ने निर्णय गरेका हुन् ।
अर्थ मन्त्रालयले मन्त्री पौडेलको निर्णय अनुसार सामाजिक सुरक्षा प्रणाली लागू गर्नका लागि आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ ।
सरकारले २०७५ देखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गरेको थियो। तर, कतिपय नियामक निकाय, संस्थान, बोर्ड, समितिलगायतमा पेन्सन तथा उपदान सुविधा कायम छ । योगदँनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व सरकारले नबेहोर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया