logo

अनलाइनबाट वस्तु तथा सेवा व्यापार गर्न दर्ता अनिवार्य, कारोबार गर्नेमाथी वाणिज्य विभागको तोकेता

    288   पटक पढिएको


१८ असार/अर्थ र व्यापार – अनलाइन प्लेटफार्मबाट वस्तु तथा सेवा बिक्रीको कारोबार गर्ने व्यक्ति तथा फर्मलाई अनिवार्य सूचीकृत हुन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोलाएको छ । अनलाइन प्लेटफार्महरुमा खरिदारी र सेवाको गुणस्तरबारे उपभोक्ताले प्रश्न उठाइरहेका बेला विभागले सम्बद्ध कारोबारीलाई दर्ता अनिवार्य गरेको हो।
आगामी २ साउनभित्र अनिवार्य दर्ता हुनुपर्ने विभागद्वारा बुधबार जारी सूचनामा उल्लेख छ । सूचना प्रविधिको माध्यमबाट हुने वस्तु तथा सेवाको व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउन सरकारले ल्याएको विद्युतीय व्यापार (ई– कमर्स) ऐन २०८१ लागु भइसकेको छ ।
गत ३ चैतमा नेपाल राजपत्रमा प्रकाशित ऐन गत २ वैशाखदेखि लागु भइसकेको अवस्था छ । कानुनअनुसार विद्युतीय माध्यमबाट व्यापार गरिरहेका पुराना व्यवसायीहरू उक्त ऐन लागू भएको मितिले तीन महिनाभित्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्छ । नयाँ व्यवसायीले पनि अनिवार्य रुपमा सूचीकृत गरेर मात्र व्यवसाय गर्नुपर्ने कानुनी व्यवस्था छ ।
विद्युतीय व्यापार गरिरहेका र नयाँ सुरुवात गर्ने व्यवसायीले ऐनको दफा ४ को उपदफा (२) बमोजिमका विवरणहरू भएको आफ्नो विद्युतीय प्लेटफर्म तयार गरी सोही ऐनको दफा ५ बमोजिमका कागजातको विद्युतीय प्रतिसहित विभागको पोर्टलमा सूचीकृत हुनकालागि विद्युतीय निवेदन दिनुपर्ने सूचनामा छ ।

यस्तो छ विद्युतीय प्लेटफर्ममा उल्लेख गर्नुपर्ने विवरण : 
१. विद्युतीय प्लेटफर्मको नाम । २. व्यवसायको नाम, ठेगाना, दर्ता भएको निकाय र दर्ता प्रमाण पत्र नम्बर। ३. व्यवसायीको रजिस्टर्ड कार्यालय, प्रधान कार्यालय र कारोबार हुने शाखा तथा आउटलेट भए सो समेतको विवरण। ४. कुनै खास किसिमको व्यवसाय सञ्चालन गर्न छुट्टै अनुमति प्राप्त गरेको भए सोको विवरण। ५. मध्यस्थ वा सूचीमा आधारित व्यापार मध्ये कुन व्यवसाय गर्ने हो सोको विवरण। ६. मूल्य अभिवृद्धि कर दर्ता नम्बर वा स्थायी लेखा नम्बर।

७. व्यवसायीलाई सम्पर्क गर्ने, इ–मेल, टेलिफोन, मोबाइल नम्बर, टेलिफ्याक्स, सामाजिक सञ्जालको ठेगाना (लिंक) र ग्राहक सेवाको लागि निर्धारीत इ–मेल, टेलिफोन तथा मोबाइल नम्बर। ८. गुनासो सुनुवाइ गर्ने जिम्मेवार व्यक्ति वा गुनासो एकाइको इ–मेल, टेलिफोन वा मोबाइल नम्बर र ठेगाना। ९. विद्युतीय व्यापार पोर्टलमा सूचीकृत भएपछि प्राप्त सूचीकरण नं.

विद्युतीय व्यापार पोर्टलमा सूचीकरण हुन आवश्यक पर्ने कागजात

१. व्यवसायको नाम ठेगाना दर्ता भएको निकाय दर्ता प्रमाणपत्र नम्बर। २. प्राइभेट फर्ममा दर्ता भएको फर्मको व्यवसायीको हकमा सम्बन्धित प्रोप्राइटरको साझेदारी फर्ममा दर्ता भएको व्यवसायीको हकमा साझेदारको र कम्पनी वा संस्थाको हकमा कम्पनी वा संस्थाको सञ्चालकको नाम र निजको पहिचान खुल्ने विवरण ।
३. व्यवसायीको आफ्नो व्यवसायको स्पष्ट विवरण । ४. मूल्य अभिवृद्धि कर नम्बर वा स्थायी लेखा नम्बर । ५. व्यवसायीको टेलिफोन नम्बर, इमेल सामाजिक सञ्जालको ठेगाना (लिंक) र सम्पर्क ठेगाना। ६. शाखा वा आउटलेट भएको खण्डमा सोको संख्या र रहने स्थान । ७. विद्युतीय पोर्टलमा उल्लेख भएका अन्य विवरण ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।