logo

अनलाइनबाट वस्तु तथा सेवा व्यापार गर्न दर्ता अनिवार्य, कारोबार गर्नेमाथी वाणिज्य विभागको तोकेता

    682   पटक पढिएको


१८ असार/अर्थ र व्यापार – अनलाइन प्लेटफार्मबाट वस्तु तथा सेवा बिक्रीको कारोबार गर्ने व्यक्ति तथा फर्मलाई अनिवार्य सूचीकृत हुन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोलाएको छ । अनलाइन प्लेटफार्महरुमा खरिदारी र सेवाको गुणस्तरबारे उपभोक्ताले प्रश्न उठाइरहेका बेला विभागले सम्बद्ध कारोबारीलाई दर्ता अनिवार्य गरेको हो।
आगामी २ साउनभित्र अनिवार्य दर्ता हुनुपर्ने विभागद्वारा बुधबार जारी सूचनामा उल्लेख छ । सूचना प्रविधिको माध्यमबाट हुने वस्तु तथा सेवाको व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउन सरकारले ल्याएको विद्युतीय व्यापार (ई– कमर्स) ऐन २०८१ लागु भइसकेको छ ।
गत ३ चैतमा नेपाल राजपत्रमा प्रकाशित ऐन गत २ वैशाखदेखि लागु भइसकेको अवस्था छ । कानुनअनुसार विद्युतीय माध्यमबाट व्यापार गरिरहेका पुराना व्यवसायीहरू उक्त ऐन लागू भएको मितिले तीन महिनाभित्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्छ । नयाँ व्यवसायीले पनि अनिवार्य रुपमा सूचीकृत गरेर मात्र व्यवसाय गर्नुपर्ने कानुनी व्यवस्था छ ।
विद्युतीय व्यापार गरिरहेका र नयाँ सुरुवात गर्ने व्यवसायीले ऐनको दफा ४ को उपदफा (२) बमोजिमका विवरणहरू भएको आफ्नो विद्युतीय प्लेटफर्म तयार गरी सोही ऐनको दफा ५ बमोजिमका कागजातको विद्युतीय प्रतिसहित विभागको पोर्टलमा सूचीकृत हुनकालागि विद्युतीय निवेदन दिनुपर्ने सूचनामा छ ।

यस्तो छ विद्युतीय प्लेटफर्ममा उल्लेख गर्नुपर्ने विवरण : 
१. विद्युतीय प्लेटफर्मको नाम । २. व्यवसायको नाम, ठेगाना, दर्ता भएको निकाय र दर्ता प्रमाण पत्र नम्बर। ३. व्यवसायीको रजिस्टर्ड कार्यालय, प्रधान कार्यालय र कारोबार हुने शाखा तथा आउटलेट भए सो समेतको विवरण। ४. कुनै खास किसिमको व्यवसाय सञ्चालन गर्न छुट्टै अनुमति प्राप्त गरेको भए सोको विवरण। ५. मध्यस्थ वा सूचीमा आधारित व्यापार मध्ये कुन व्यवसाय गर्ने हो सोको विवरण। ६. मूल्य अभिवृद्धि कर दर्ता नम्बर वा स्थायी लेखा नम्बर।

७. व्यवसायीलाई सम्पर्क गर्ने, इ–मेल, टेलिफोन, मोबाइल नम्बर, टेलिफ्याक्स, सामाजिक सञ्जालको ठेगाना (लिंक) र ग्राहक सेवाको लागि निर्धारीत इ–मेल, टेलिफोन तथा मोबाइल नम्बर। ८. गुनासो सुनुवाइ गर्ने जिम्मेवार व्यक्ति वा गुनासो एकाइको इ–मेल, टेलिफोन वा मोबाइल नम्बर र ठेगाना। ९. विद्युतीय व्यापार पोर्टलमा सूचीकृत भएपछि प्राप्त सूचीकरण नं.

विद्युतीय व्यापार पोर्टलमा सूचीकरण हुन आवश्यक पर्ने कागजात

१. व्यवसायको नाम ठेगाना दर्ता भएको निकाय दर्ता प्रमाणपत्र नम्बर। २. प्राइभेट फर्ममा दर्ता भएको फर्मको व्यवसायीको हकमा सम्बन्धित प्रोप्राइटरको साझेदारी फर्ममा दर्ता भएको व्यवसायीको हकमा साझेदारको र कम्पनी वा संस्थाको हकमा कम्पनी वा संस्थाको सञ्चालकको नाम र निजको पहिचान खुल्ने विवरण ।
३. व्यवसायीको आफ्नो व्यवसायको स्पष्ट विवरण । ४. मूल्य अभिवृद्धि कर नम्बर वा स्थायी लेखा नम्बर । ५. व्यवसायीको टेलिफोन नम्बर, इमेल सामाजिक सञ्जालको ठेगाना (लिंक) र सम्पर्क ठेगाना। ६. शाखा वा आउटलेट भएको खण्डमा सोको संख्या र रहने स्थान । ७. विद्युतीय पोर्टलमा उल्लेख भएका अन्य विवरण ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।