logo

महासंघ अध्यक्ष ढकाल र आईएलओ महासचिव होङ्बोबीच श्रम र रोजगारबारे छलफल

    284   पटक पढिएको


२९ जेठ/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महानिर्देशक गिल्बर्ट एफ होङ्बोसँग भेटवार्ता भएको छ ।
११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा जेनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको थियो । ढकालले महासंघ मर्यादित श्रम र समावेशी आर्थिक वृद्धिका लक्ष्यमा प्रतिबद्ध रहेर काम गर्दै आएको बताए । उनले रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड दिए ।
उनले आईएलओको निरन्तर सहयोगबाट नेपालका श्रमिक तथा उद्यम दुवैले ठोस प्रगति गर्न सक्नेमा आफू विश्वस्त रहेको र आगामी दिनमा थप सहयोगको अपेक्षा गरेको बताए ।
‘नेपाल सन् २०२६ मा अतिकम विकसित देशको श्रेणीबाट स्तरोन्नति हुँदैछ, त्यसपछि नयाँ व्यापार नियम लागु हुनेछन् । यसले हाम्रो निर्यात क्षमता र त्यससँग जोडिएका रोजगारीमा असर पर्न सक्छ । त्यसैले यो अवस्थामा हामीलाई सहयोगको खाँचो छ,’ उनले भने ।
उनले नेपालजस्ता देशका लागि विस्तारित व्यापार सुविधा, लगानी पहुँच सुधार वा प्राविधिक सहायता जस्ता उपाय अवलम्बन गर्नुपर्ने विषयलाई आईएलओले अन्तर्राष्ट्रिय छलफलमा उठाउनुपर्ने धारणा राखे ।
नेपालको निजी क्षेत्रको एकमात्र आधिकारिक रोजगारदाता संगठनका रूपमा महासंघले त्रिपक्षीय श्रम प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष ढकालले स्पष्ट पारे । उनले यस वर्षको आईएलओ प्रतिवेदनलाई स्वागत गर्दै भने, ‘यसको केन्द्रबिन्दुमा रहेको औपचारिकीकरण, श्रमिक सुरक्षाको मजबुतीकरण, र मर्यादित रोजगारी सिर्जना, यी सबै कुरा नेपालका लागि प्रत्यक्ष रूपमा सान्दर्भिक छन् ।’
उनले श्रमिक संगठनसँगको सहकार्यलाई मजबुत बनाउन महासंघले सामाजिक संवादका संरचित मञ्च स्थापना गरेको, द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको र औद्योगिक सम्बन्धमा सुधार ल्याउने प्रयासलाई उल्लेख गरे । आईएलओसँगको निरन्तर सहकार्यप्रति आभार प्रकट गर्दै अध्यक्ष ढकालले काठमाडौंस्थित आईएलओ कार्यालयबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

अध्यक्ष ढकालले नेपाललाई अनौपचारिक अर्थतन्त्रको औपचारिकीकरण प्रवद्र्धनमा ‘ग्लोबल च्याम्पियन’ देशमध्ये एकको रूपमा चयन गरिएको कुरालाई पनि स्मरण गर्दै यो मान्यताले महासंघको वर्षौंको प्रयासलाई सम्मानित गरेको विचार व्यक्त गरे ।
उनले नेपालको निजी क्षेत्रमा युवा, दक्ष जनशक्ति, बढ्दो डिजिटल सिप तथा जलविद्युत्, पर्यटन र सूचना प्रविधिजस्ता क्षेत्रमा राम्रो सम्भावना रहेको उल्लेख गरे । आईएलओका महानिर्देशक होङ्बोले महासंघसँगको आपसी सहयोग र सहकार्यका विषयमा आफू सकारात्मक रहेको धारणा राखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।