logo

महासंघ अध्यक्ष ढकाल र आईएलओ महासचिव होङ्बोबीच श्रम र रोजगारबारे छलफल

    489   पटक पढिएको


२९ जेठ/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महानिर्देशक गिल्बर्ट एफ होङ्बोसँग भेटवार्ता भएको छ ।
११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा जेनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको थियो । ढकालले महासंघ मर्यादित श्रम र समावेशी आर्थिक वृद्धिका लक्ष्यमा प्रतिबद्ध रहेर काम गर्दै आएको बताए । उनले रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड दिए ।
उनले आईएलओको निरन्तर सहयोगबाट नेपालका श्रमिक तथा उद्यम दुवैले ठोस प्रगति गर्न सक्नेमा आफू विश्वस्त रहेको र आगामी दिनमा थप सहयोगको अपेक्षा गरेको बताए ।
‘नेपाल सन् २०२६ मा अतिकम विकसित देशको श्रेणीबाट स्तरोन्नति हुँदैछ, त्यसपछि नयाँ व्यापार नियम लागु हुनेछन् । यसले हाम्रो निर्यात क्षमता र त्यससँग जोडिएका रोजगारीमा असर पर्न सक्छ । त्यसैले यो अवस्थामा हामीलाई सहयोगको खाँचो छ,’ उनले भने ।
उनले नेपालजस्ता देशका लागि विस्तारित व्यापार सुविधा, लगानी पहुँच सुधार वा प्राविधिक सहायता जस्ता उपाय अवलम्बन गर्नुपर्ने विषयलाई आईएलओले अन्तर्राष्ट्रिय छलफलमा उठाउनुपर्ने धारणा राखे ।
नेपालको निजी क्षेत्रको एकमात्र आधिकारिक रोजगारदाता संगठनका रूपमा महासंघले त्रिपक्षीय श्रम प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष ढकालले स्पष्ट पारे । उनले यस वर्षको आईएलओ प्रतिवेदनलाई स्वागत गर्दै भने, ‘यसको केन्द्रबिन्दुमा रहेको औपचारिकीकरण, श्रमिक सुरक्षाको मजबुतीकरण, र मर्यादित रोजगारी सिर्जना, यी सबै कुरा नेपालका लागि प्रत्यक्ष रूपमा सान्दर्भिक छन् ।’
उनले श्रमिक संगठनसँगको सहकार्यलाई मजबुत बनाउन महासंघले सामाजिक संवादका संरचित मञ्च स्थापना गरेको, द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको र औद्योगिक सम्बन्धमा सुधार ल्याउने प्रयासलाई उल्लेख गरे । आईएलओसँगको निरन्तर सहकार्यप्रति आभार प्रकट गर्दै अध्यक्ष ढकालले काठमाडौंस्थित आईएलओ कार्यालयबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

अध्यक्ष ढकालले नेपाललाई अनौपचारिक अर्थतन्त्रको औपचारिकीकरण प्रवद्र्धनमा ‘ग्लोबल च्याम्पियन’ देशमध्ये एकको रूपमा चयन गरिएको कुरालाई पनि स्मरण गर्दै यो मान्यताले महासंघको वर्षौंको प्रयासलाई सम्मानित गरेको विचार व्यक्त गरे ।
उनले नेपालको निजी क्षेत्रमा युवा, दक्ष जनशक्ति, बढ्दो डिजिटल सिप तथा जलविद्युत्, पर्यटन र सूचना प्रविधिजस्ता क्षेत्रमा राम्रो सम्भावना रहेको उल्लेख गरे । आईएलओका महानिर्देशक होङ्बोले महासंघसँगको आपसी सहयोग र सहकार्यका विषयमा आफू सकारात्मक रहेको धारणा राखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।