logo

अर्थमन्त्री पौडेलले प्रतिनिधि सभामा पेश गरे आर्थिक सर्वेक्षण, बजेट ३ बजेबाट प्रस्तुत गर्ने

    567   पटक पढिएको


१५ जेठ/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसद्मा पेस गरेका छन् । उनले प्रतिनिधि सभाको बिहीबारको बैठकमा मुलुकको समग्र आर्थिक, सामाजिक र भौतिक स्थिति समेटिएको आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
अर्थमन्त्री पौडेलले १३ जेठको बैठकमा नै आर्थिक सर्वेक्षण पेस गर्ने तालिका थियो । तर, विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर बैठक अवरुद्ध गरेपछि आर्थिक सर्वेक्षण पेस हुन सकेको थिएन । विपक्षी दलहरुले बिहीबार अवरोध हटाएपछि अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
अर्थमन्त्री पौडेलले यो वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने बताए । उनका अनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) यो आर्थिक वर्ष ६१ खर्ब ७ अर्ब पुग्नेछ ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज दिउँसो ३० प्रस्तुत हुने आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बसेको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
संघिय संसद्मा ३ बजे अर्थमन्त्री पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।