logo

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, सेयर कर्जाको जोखिम भार घट्यो

बैंक वित्तीय तथा संस्थाको निष्कृय कर्जा अनुपात बढ्यो

    561   पटक पढिएको

१२ जेठ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर कर्जामा लाग्दै आएको जोखिम भार घटाएको हो ।
यसअघि सेयर कर्जाको जोखिम भार १ सय २५ प्रतिशत रहेकोमा मौद्रिक नीतिको समिक्षा मार्फत सो जोखिमभारलाई घटाएर १०० प्रतिशतमा झारेको छ । कुनै समय सेयर बजार उच्चरुपमा बढ्दा जोखिम पनि उत्तिकै भएकाले लगाइएको जोखिम भार अहिलेको घट्दो बजारमा घटाइएको राष्ट बैंकले जनाएको छ ।
यससँगै बैंकहरुले सेयर धितो कर्जा अन्तर्गत प्रवाह गर्ने कर्जाको क्षमता बढ्ने र जसमार्फत लगानीकर्ताहरुमाझ सकारात्मक सन्देश जाने सम्बन्धी लगानीकर्ताहरूको भनाई छ । यसले आगामी दिनमा लामो समयदेखि रुमलिँदै आएको नेपालको सेयर बजारले गति लिने उनीहरुको भनाई छ ।
मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने र मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने नीति लिइएकोमा सोही अनुरुप चालु आर्थिक वर्षको ९ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलब ५७ प्रतिशत रहेको राष्ट बैंकले जनाएको छ ।
चालु खाता तथा शोधनान्तर बचत उच्च रहन गएका कारण विदेशी विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि भएको छ । कम्तिमा ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा गत चैत मसान्तमा करिव १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम रहेको छ ।
विश्वको आर्थिक वृद्धिदर सन् २०२४ मा ३.३ प्रतिशत रहेकोमा सन् २०२५ मा २.८ प्रतिशतमा खुम्चने प्रक्षेपण रहेकोछ । पछिल्लो समय विकसित व्यापार नीति र भन्सार महशुलका कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले २०२५ जनवरीको तुलनामा २०२५ अप्रिलको आर्थिक वृद्धिकोप्रक्षेपण ०.५ प्रतिशत बिन्दुले घटाएको छ ।
सन् २०२४ मा १.८ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्र सन २०२५ मा १.४ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । त्यसैगरी, सन् २०२४ मा ४.३ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन २०२५ मा ३.७ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।
यसैगरी, बैंक वित्तीय तथा संस्थाको निष्कृय कर्जा अनुपात उल्लेख्य रुपमा वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु आवमा निष्कृय कर्जा अनुपातमा वृद्धि देखिएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जा अनुपात २०८० सालको चैतमा ३.९८ प्रतिशत रहेकोमा २०८१ चैतमा ५.२४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । निष्वृmय कर्जा अनुपात गत चैतमा वाणिज्य बैंकहरुको ५.०५, विकास बैंकको ५.५६ र वित्त कम्पनीको १३.०४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो अनुपात वाणिज्य बैंकको ३.८९, विकास बैंकको ३.६३ र वित्त कम्पनीको १०.४० प्रतिशत थियो ।
गत आवको तुलनामा चालु अवामा कर्जा प्रवाह बढेको छभने निक्षेप सङ्कलन घटेको छ । चालु आवको गत चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ रु तीन खर्ब ६१ अर्ब तीन करोड बराबर कर्जा प्रवाह भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ रु दुई खर्ब २२ अर्ब २१ करोड कर्जा प्रवाह भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तीन खर्ब ६८ अर्ब ४७ करोडले वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ४ खर्ब ९ अर्ब ४ करोड रुपैयाँले वृद्धि भएको थियो । बैंक तथा वित्तीय संस्थाको औसत आधार दर र निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर घटेको छ । राष्ट्र बैंकका अनुसार २०८० चैतमा ८.५१ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधार दर गत चैतमा ६.२९ प्रतिशतमा झरेको छ ।
त्यसैगरी, २०८० चैतमा ६.५३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर २०८१ चैतमा ४.४५ प्रतिशतमा झरेको छ । २०८० सालको चैतमा १०÷५५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर गत चैतमा घटेर ८.२२ प्रतिशत कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरु बीचको भारित औसत अन्तरबैंक दर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार गत चैतमा तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा भारित औसत अन्तरबैंक दर ३.१० प्रतिशत थियो ।


डिजिटल माध्यमबाट हुने कारोबार विस्तारको क्रममा रहेको पनि राष्ट्र बैंकले जनाएको छ । मोबाइल बैंकिङ, क्युआर, डिजिटल वालेटलगायतका शीघ्र भुक्तानीका उपकरणहरुको दायरा फराकिलो हुँदै गएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको चैत मसान्तसम्ममा आरटिजिएस मार्फत् दुई खर्ब ५० खर्ब २७ अर्ब ७५ करोड रुपैयाँ बराबरको पाँच लाख ८२ हजार वटा कारोबार भएको थियो । त्यसको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा यस्तो कारोबार ११३.०९ प्रतिशतले वृद्धि भई ५ खर्ब ३३ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ बराबरको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।