logo

बजेटमा व्यक्तिगत आयकर घटाएर ३० प्रतिशत बनाउन निजी क्षेत्रको माग

    737   पटक पढिएको


३० वैशाख/अर्थ र व्यापार – आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिगत आयकरको अधिकतम सीमा घटाउनुपर्ने र न्यूनतम सीमा भने बढाउनुपर्ने माग निजी क्षेत्रले गरेको छ । निजी क्षेत्रका दुइृवटा छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ ले छुट्टाछुट्टै दिएको आगामी आर्थिक वर्षको बजेट सुझावमा आयकरको सीमामा एकै प्रकारको माग गरेको छन् ।
महासंघले व्यक्तिगत तर्फ आयकरको अधिकतम सीमा दर सरचार्ज सहित ३० प्रतिशत ननाघ्ने गरि कायम हुनु पर्ने उल्लेख गरेको छ । आयकर छुट सिमा व्यक्तिलाई आठ लाख र दम्पतीलाई दश लाख रुपैया गर्नुपर्ने सुझाव दिएको छ ।
परिसंघले पनि व्यक्तिगत आयकर अधिकतम ३० प्रतिशत गरिनुपर्ने र छूट रकमको सीमा कम्तिमा ८ लाख रुपैया गरिनुपर्ने उल्लेख छ । हाल प्राकृतिक व्यक्तिहरुको लागि लाग्ने यस्तो आयकरमा अविवाहित व्यक्तिले पाँच लाखसम्म र विवाहित व्यक्तिले ६ लाख रुपैयाँसम्म कमाउँदा १ प्रतिशत मात्रै आयकर तिरे पुग्छ ।

यस्तो आयकरको न्यूनतम सीमा बढाउँदा वर्षको थप तीन देखि ४ लाख रुपैयाँ कमाउनेलाई आयकर सीमामा छूट दिनुपर्ने माग निजी क्षेत्रको छ । निजी क्षेत्रले व्यक्तिगत आयकरमा पनि ३९ प्रतिशत लाग्दै आएको करको अधिकमत सीमालाई घटाएर ३० प्रतिशत मात्रै बढाउन सुझाव दिएको छ । यस्तो सीमा घटाउँदा हाल ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने एक वा दम्पत्तिले ३९ प्रतिशत कर तिर्नुपर्छ ।

निजी क्षेत्रले पछिल्लो समय ज्याला भन्दा मुल्यवृद्धिदर उच्च भएकोले पनि आयकरको स्ल्याब परिमार्जन गर्नपर्ने प्रस्ताव गरेको हो । सर्वसाधारणको क्रयशक्ति न्युन हुँदा बजारमा माग घटेको छ ।
क्रयशक्ति बढाइ बजार चलायमान बनाउन र सर्वसाधारणलाई सकारात्मक सन्देश दिन पनि व्यक्तिगत आयकरको सिमा र दरमा परिवर्तन आवश्यक भएको महासंघले जनाएको छ । चन्द्र ढकालले भने । महासंघले मूल्य अभिवृद्धि कर वहुदर कार्यान्वयन जटिल भएपनि रिड्युस्ड दरमा जान सकिने सम्भावना देखाएको छ । जस अनुसार अधिकतम दर १३ प्रतिशत नै कायम गरि प्राथमिकता प्राप्त र सहुलियत दिनुपर्ने क्षेत्रलाई कम दर कायम गर्न सुझाएको छ ।
यसैगरी, परिसंघले पनि आयकरको स्ल्याव बढाउँदा खर्चयोग्य आम्दानीमा बृद्धि हुने र समग्र मागमा सुधार हुने बताएको छ । मुलुकलाई अत्यन्त आवश्यक रहेको ठूलो मात्राको लगानी अकर्षण गर्न उत्पादन मुलक उद्योगहरुको नाफामा लाग्ने आयकरको दर पनि क्रमशः कम गर्दै १० प्रतिशत बढाउनुपर्ने सुझाव दिएको परिसंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।