logo

कोशी लगानी सम्मेलमा १ खर्ब ५२ अर्बको लगानी प्रतिबद्धता, ४६ परियोजनामा सम्झौता

कोदोको रक्सी ब्राण्डिङ गर्ने देखि ३२ अर्ब लगानीमा क्लिंकर उद्योग खोल्ने

    552   पटक पढिएको


२१ वैशाख/अर्थ र व्यापार – कोशी प्रदेश सरकारको पहिलो लगानी सम्मेलनले प्रदेश नम्बर मा १ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ नयाँ लगानी भित्राएको छ । दुईदिनमा सम्पन्न भएको सो सम्मेलनमा प्रदेश सरकारले १ खर्ब ७३ अर्ब ४९ करोड लागतका विभिन्न ८ क्षेत्र पर्यटन, कृषि, उद्योग, उर्जा, पूर्वाधार, आईटी, स्वास्थ्य, पूर्वाधारसँग सम्बन्धित ७१ वटा परियोजना प्रस्तुत गरेको थियो ।
प्रस्तुत परियोजना मध्ये ४६ वटामा शुक्रबार प्रदेश सरकारको लगानी प्राधिकरण र लगानीकर्ताबीच दुईपक्षीय सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) का आधारमा भएको द्विपक्षीय सम्झौताको साँचीमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहित मन्त्रीमण्डल बसेको थियो ।
नयाँ लगानी भित्रिएसँगै अब कोशी प्रदेशमा कोदोको रक्सी ब्राण्ड अन्तराष्ट्रिय स्तरको ब्राण्डिङ हुनेदेखि युरिया मल उद्योग, सिमेन्टको कच्चा पदार्थ क्लिंकर उद्योग लगायत खुल्नेछन् । यसैगरी, विद्युतीय गाडीको एसम्बलिङ हुनेदेखि विराटनगरमा थप तिनवटा पाँच तारे होटल र एक अन्तर्राष्ट्रिय स्तरको अस्पताल पनि बन्ने सम्झौता भएको छ । ४६ वटा परियोजनामा सम्झौता गर्ने सवै स्वदेशी लगानीकर्ता छन् ।
द्विपक्षीय सम्झौता अनुसार इलामको देउमाईमा २२ करोडको लागतमा देउमाई कफी फार्मिङ सेन्टर सञ्चालनमा आउने भएको छ । त्यसकालागि लगानीकर्ता केपी सिटौलाले प्रदेश सरकारको लगानी प्राधिकरणसँग शुक्रबार द्विपक्षीय सम्झौता गरेका हुन् ।
सुनसरीमा १९ करोडको लागतमा वेसार उत्पादन तथा प्रशोधन केन्द्र स्थापना हुने छ । जसकालागि केशव घिमिरेले लगानी गर्ने सम्झौता गरेका छन् । मोरङमा ग्रिनयार्ड एग्रो फर्म सञ्चालनकालागि गिरिराज बस्नेतले ४५ करोड लगानी गर्ने भएका छन् ।
८० करोड रुपैयाँको लागतमा इलाममा एडभान्स चिया तथा कफी प्रशोधन केन्द्र खुल्ने सम्झौता भएको छ । जसका लागि कुशुम दाहालले लगानी गर्ने प्रतिबद्धता छ । नेत्रप्रसाद भण्डारीले १८ करोडको लागतमा छुर्पी प्रोजेक्ट सञ्चालनमा ल्याउने छन् । राजन शर्माको २७ करोड लगानीमा इलाममा एग्री टुरिजम प्रोजेक्ट सञ्चालनमा आउने भएको छ ।
विश्व अग्रवालको १० करोडको लागतमा धनकुटामा किवी फार्मिङ प्रशोधन प्रोजेक्ट खुल्ने सम्झौता भएको छ । जितेन्द्र भट्टराईको ६४ करोडको लागतमा धनकुटामा एभोगाडो रिसर्च सेन्टर खुल्दा विराटनगरका उद्योगी पवनकुमार सारडाको १ अर्ब ६० करोडको लागतमा सुनसरीमा पशुपति इनर्जी प्रोजेक्ट खुल्ने भएको छ ।
यसैगरी, राजेन्द्र श्रेष्ठले उदयपुरमा ५ अर्ब ६० करोडको लागतमा सोलार प्रजेक्ट सञ्चालनमा ल्याउने सम्झौता गरेका छन् । संखुवासभाको पाँचखपन हाइड्रोमा राजन निरौलाले १ अर्ब ४२ करोड लगानी गर्दा शम्भुबाबु कोइरालाले सुनसरीमा २० करोडको लगानीमा प्रसिडेण्ट एग्रो टेक सञ्चालनमा ल्याउने छ । अनन्त राम खतिवडाले मोरङमा २७ करोडको लगानीमा शिवशक्ति बायो टेक प्रोजेक्ट खोल्ने छन् ।
यसैगरी, उदय बरालले १ अर्ब १६ करोडको लगानीमा मोरङमा हर्बल प्रोसेसिङ उद्योग सञ्चालन गर्ने सम्झौता गर्दा जनक राईले ४० करोडको लगानीमा सोलुखुम्बुमा कोदाको रक्सीलाई अन्तराष्ट्रिय स्तरको ब्राण्डिङ गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी, प्रदिप घिमिरेले झापामा वायो फटिलाईजर उत्पादन तथा रिसर्च सेन्टर सञ्चालनकालागि ६० करोड लगानी गर्ने सम्झौता गरेका छन् ।
सिमल तरुलको उत्पादन तथा रिसर्चकालागि मनिष सापकोटाले १ अर्ब लगानी गर्ने भएका छन् । त्यस्ते सुनसरीमा एग्रो प्रोसेसिङ सेन्टर सञ्चालन गर्न सरज पाण्डेले ९ करोड लगानी गर्दा सन्तोशमणी न्यौपानेले ३२ अर्बको लगानीमा उदयपुरमा क्लिंक उद्योग सञ्चालन गर्ने सम्झौता गरेका छन् ।
गलबहादुर ढुंगानाले सुनसरी र उदयपुरमा २६ अर्बको लगानीमा ग्रिन युरिया उद्योग सञ्चालन गर्ने सम्झौता गरेका छन् । त्यसैगरी बाबुराम गौतम र वेदप्रसाद खरेलले ४ अर्बको लगानीमा धनकुटा र उदयपुरमा बायो इथानल प्रोजेक्ट खोल्ने प्रतिवद्धता गरेका छन् ।
प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष एवं विराटनगरको एभरेष्ट बोर्डिङ स्कुल तथा कलेजका सञ्चालक टिकाराम पुरीले मोरङमा ३ अर्बको लगानीमा विद्युतीय सवारी साधनको एसम्बलिङ गर्नेछन् । सुरज पाण्डेको १५ करोडको लगानीमा सुनसरीमा मल्टी कोल्ड स्टोरको निर्माण हुने र नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्ष राजेन्द्र राउतले अढाई अर्बको लागतमा मोरङको बुढीगंगामा अन्तराष्ट्रिय स्तरको सय बेढको आरआर अस्पताल निर्माण गर्ने सम्झौता गरेका छन् । उक्त अस्पताल हाल निर्माणधीन छ ।
२ अर्ब ३० करोडको लागतमा विजय चौधरीले विराटनगरमा एक्सीस पाँच तारे होटल निर्माण गर्ने एमओयू गर्दा विराटनगरमा हाल सञ्चालन भइरहेको होटल एशियाटिकलाई पाँच तारेमा स्तरोन्नती गर्न १ अर्ब ७५ करोड थप लगानी गर्न होटलका माकिल पुण्य भट्टराई र कृषि विकास बैंक कोशीका प्रमुख तिलक प्रधानले शुक्रबार सम्झौता गरेका छन् । उक्त होटलमा कृषि विकास बैंकले ९५ करोड लगानी गर्ने छ । त्यसैगरी प्रत्युस राउतको २ अर्ब ३३ करोडको लगानीमा विराटनगरमा पाँच तारे रोयलटन होटल निर्माण हुने सम्झौता भएको छ ।
कमलबहादुर कार्कीको १८ करोड लगानीमा उदयपुरमा बरुवा बिजनेस कम्प्लेक्स, शैलेन्द्र मण्डलको ३० करोड लगानीमा धनकुटाको भेडेटारमा भेडेटार मल्टी कम्प्लेक्स निर्माण हुँदा अरुण कुमार सुवेदीको १६ अर्बको लगानीमा धनकुटा र सुनसरीका बराहक्षेत्रमा बराह केवलकार प्रोजेक्टको निर्माण हुने भएको छ ।
कोशी पडवेका लागि अस्कर डंगोलले ५ अर्ब लगानी गर्ने प्रतिवद्धता गर्दा पुजन चौधरीले मुर्कुची हलेसीमा १० अर्बको लगानीमा केवलकार निर्माण गर्ने प्रदेशको लगानी प्राधिकरणसँग एमओयू गरेका छन् ।
बसन्त रिमालले झापादेखि ताप्लेजुङसम्म माउण्टेन पटवे निर्माणकालागि २५ अर्ब लगानी गर्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै झापामा मल्टी बस टर्मिनलका श्याम प्रसाईंले २५ करोड, सुनसरीमा डिजिटल डेटा सेन्टर खोल्न अर्जुन सञ्जेलले २५ करोड, डिजिटल कोशी प्रोजेक्टकालागि नरेन्द्र पराजुलीले २२ करोड लगानी गर्ने सम्झौता शुक्रबार गरेका छन् ।
यसैगरी सुनसरीमा फोहोर व्यवस्यापनका लागि राजाराम शर्माले १० करोड, अर्वन सोलीड फोहोर व्यवस्थापनकै लागि झापा प्रशान्त झाले ५० करोड, भेडेटारमा एशियाटीक रिसोर्टकालागि पुण्य भट्टराईले १८ करोड, विर्तामोडमा बिग हाउजिङ एण्ड कन्ट्रक्सनका लागि राजकुमार काफ्लेले ६० करोड, सुनसरीको रारा ताल टुरिजकालागि दिपेश पौडेलले ८० करोड, सुनसरीमा वाटर पार्क प्रोजेक्टका लागि सरोज आचार्यले २५ करोड, सुनसरीको बर्जु ताल टुरिजम प्रोजेक्टका लागि रोजीना राई प्रधानले ४ अर्ब २८ करोड लगानी गर्ने प्रतिबद्धता गरेका छन् ।
त्यस्तै धनकुटाको राजा ताल टुरिजम प्रोजेक्टमा प्रभात आचार्यले ३५ करोड, मोरङको बुढीगंगा पार्क निर्माणमा मन्दिप दाहालले १७ करोड र मोरङ लेटाङको राजारानी टुरिजम पार्कका लागि २३ करोड लगानी गर्ने शुक्रबार एमओयू भएको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेका विवादस्पद परियोजना मोरङको सुन्दरपुर हरैंचामा सञ्चालन र बन्द हुँदै आएको विवादस्पद गोकुलम रिसोर्टका नाममा २५ करोड, प्रदेश सरकारले करिव ४० करोड लगानी गरेर असफलताको मुखमा पुगेको प्रदेश गौरव योजनाका रुपमा रहेको सुनसरी कोशीमा निर्माणधीन कोशी रिफ्रेसमेन्ट सेन्टरका नाममा दुई अर्ब अनुमानित लगानी भित्रयाउने लक्ष्य भने सरकारको पुरा हुन सकेन । ती दुवै परियोजनामा लगानीकर्ताले रुची देखाएनन् ।
सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । सम्मेलनमा प्रस्तुत हुने परियोजनामा लगानी गर्दा आइपर्ने कानूनी झन्झट र बाधा अड्चन हटाउने उद्देश्यले कोशी प्रदेश सरकारले अध्यादेश मार्फत सार्वजनिक साझेदारी सम्बन्धी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन
२०७६, प्रदेश भवन ऐन २०७६, प्रदेश पर्यटन विकास ऐन २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रिेशन ऐन २०७७, प्रदेश औद्योगिक व्यावसायिक ऐन २०७७ र प्रदेश वन ऐन २०७७ संशोधन गरेको छ । त्यसकालागि प्रदेश सरकारले बर्खे अधिवेशनमा भूमी सम्बन्धी ऐन संशोधन गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।