logo

आगामी ४ वर्षमा ९ अर्ब डलरका ११ परियोजना सम्पन्न गर्ने लगानी बोर्डको लक्ष्य

    492   पटक पढिएको


१९ वैशाख/अर्थ र व्यापार – लगानी बोर्डले आगामी ४ वर्षभित्र ८ अर्ब ९५ करोड अमेरिकी डलर बराबरको ११ वटा परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आफ्नो रणनीति तथा व्यावसायिक योजना बनाएको जनाएको छ ।
अहिलेको अवस्थालाई समेत ध्यानमा राखेर आगामी आर्थिक वर्ष २०८५/८६ सम्म कम्तीमा ४ अर्ब ७ करोड डलरका ५ वटा परियोजना सञ्चालनमा ल्याइसक्ने लक्ष्यसहित बोर्डले यस्तो रणनीति तथा योजना बनाएको हो । बोर्डले आर्थिक वर्ष २०८५/८६ सम्म कम्तीमा २ अर्ब ८३ करोड डलर बराबरका ७ वटा परियोजना निर्माणको चरणमा पुगिसक्ने तथा अधिकतम ५ अर्ब ५५ करोड डलरका १४ वटा निर्माणको अन्तिम चरणमा पु¥याउने योजना बनाएको छ ।
बोर्डले आगामी ४ वर्षमा २४ अर्ब ३० करोड डलर बराबरका ५७ वटा परियोजना ‘पाइपलाइन’मा राखी सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरेको छ । २३ अर्ब ५० करोड डलरका ५२ वटा परियोजना खरिदको चरणमा पु¥याउने तथा १७ अर्ब ९५ करोड डलर बराबरका ४२ वटा आयोजना परियोजना विकास सम्झौता (पीडीए) र परियोजना कार्यान्वयन सम्झौता (पीआइए) वार्ताको चरणमा हुने बोर्डका अधिकारीहरूले बताएका छन्।

बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले १५ अर्ब ७० करोड डलर लागतका ३२ वटा परियोजना वित्तीय व्यवस्थापन र पूर्व–विकास गतिविधि सञ्चालनको अवस्थासम्म लग्ने गरी व्यावसायिक रणनीति स्वीकृत गरेको जानकारी दिए ।
४ वर्षभित्र निजी लगानीका ६७ वटा परियोजनाका लागि ७ अर्ब ४५ करोड डलर र अन्य निकायबाट कार्यान्वयन हुने २५ वटा परियोजनाका लागि ३ अर्ब १५ करोड डलर बराबरको लगानी स्वीकृत गर्ने बोर्डको योजना छ ।
पूर्वाधार विकासका क्षेत्रमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा महत्वाकांक्षी लक्ष्य हासिल गर्ने गरी बोर्डको आइतबार बसेको बैठकले रणनीति तथा व्यावसायिक योजना स्वीकृत गरेको जनाएको छ ।
अब यस योजना कार्यान्वयनका लागि बोर्डको सांगठनिक संरचना पनि फेरिएको छ । बोर्डमा अब योजना प्रशासन तथा वित्तीय व्यवस्थापन निर्देशनालय, सार्वजनिक–निजी साझेदारी निर्देशनालय, लगानी प्रवर्धन तथा सहजीकरण निर्देशनालय र आयोजना विकास तथा व्यवस्थापन निर्देशनालय राखिएको छ ।
बोर्ड निर्देशनालयको नेतृत्व कम्तीमा सहसचिव स्तरको कर्मचारीले गर्नेछन्। बोर्डले आफ्नो स्थापनायता विभिन्न ३८ वटा परियोजनाका लागि १२ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।