logo

आगामी ४ वर्षमा ९ अर्ब डलरका ११ परियोजना सम्पन्न गर्ने लगानी बोर्डको लक्ष्य

    250   पटक पढिएको


१९ वैशाख/अर्थ र व्यापार – लगानी बोर्डले आगामी ४ वर्षभित्र ८ अर्ब ९५ करोड अमेरिकी डलर बराबरको ११ वटा परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आफ्नो रणनीति तथा व्यावसायिक योजना बनाएको जनाएको छ ।
अहिलेको अवस्थालाई समेत ध्यानमा राखेर आगामी आर्थिक वर्ष २०८५/८६ सम्म कम्तीमा ४ अर्ब ७ करोड डलरका ५ वटा परियोजना सञ्चालनमा ल्याइसक्ने लक्ष्यसहित बोर्डले यस्तो रणनीति तथा योजना बनाएको हो । बोर्डले आर्थिक वर्ष २०८५/८६ सम्म कम्तीमा २ अर्ब ८३ करोड डलर बराबरका ७ वटा परियोजना निर्माणको चरणमा पुगिसक्ने तथा अधिकतम ५ अर्ब ५५ करोड डलरका १४ वटा निर्माणको अन्तिम चरणमा पु¥याउने योजना बनाएको छ ।
बोर्डले आगामी ४ वर्षमा २४ अर्ब ३० करोड डलर बराबरका ५७ वटा परियोजना ‘पाइपलाइन’मा राखी सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरेको छ । २३ अर्ब ५० करोड डलरका ५२ वटा परियोजना खरिदको चरणमा पु¥याउने तथा १७ अर्ब ९५ करोड डलर बराबरका ४२ वटा आयोजना परियोजना विकास सम्झौता (पीडीए) र परियोजना कार्यान्वयन सम्झौता (पीआइए) वार्ताको चरणमा हुने बोर्डका अधिकारीहरूले बताएका छन्।

बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले १५ अर्ब ७० करोड डलर लागतका ३२ वटा परियोजना वित्तीय व्यवस्थापन र पूर्व–विकास गतिविधि सञ्चालनको अवस्थासम्म लग्ने गरी व्यावसायिक रणनीति स्वीकृत गरेको जानकारी दिए ।
४ वर्षभित्र निजी लगानीका ६७ वटा परियोजनाका लागि ७ अर्ब ४५ करोड डलर र अन्य निकायबाट कार्यान्वयन हुने २५ वटा परियोजनाका लागि ३ अर्ब १५ करोड डलर बराबरको लगानी स्वीकृत गर्ने बोर्डको योजना छ ।
पूर्वाधार विकासका क्षेत्रमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा महत्वाकांक्षी लक्ष्य हासिल गर्ने गरी बोर्डको आइतबार बसेको बैठकले रणनीति तथा व्यावसायिक योजना स्वीकृत गरेको जनाएको छ ।
अब यस योजना कार्यान्वयनका लागि बोर्डको सांगठनिक संरचना पनि फेरिएको छ । बोर्डमा अब योजना प्रशासन तथा वित्तीय व्यवस्थापन निर्देशनालय, सार्वजनिक–निजी साझेदारी निर्देशनालय, लगानी प्रवर्धन तथा सहजीकरण निर्देशनालय र आयोजना विकास तथा व्यवस्थापन निर्देशनालय राखिएको छ ।
बोर्ड निर्देशनालयको नेतृत्व कम्तीमा सहसचिव स्तरको कर्मचारीले गर्नेछन्। बोर्डले आफ्नो स्थापनायता विभिन्न ३८ वटा परियोजनाका लागि १२ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।