logo

लगानी अभिवृद्धि गर्न लगानी दशक घोषणा गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

७१ वटा आयोजना सोकेशमा

    526   पटक पढिएको




१९ वैशाख/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि ‘लगानी दशक’ घोषणा गरी लगानी सम्बन्धी एकीकृत कानुन बनाइ लागु गर्न सरकारसँग आग्रह गरेका छन् ।
कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको ‘प्रदेश लगानी सम्मेलन–२०८२’ उद्घाटन कार्यक्रममा सहभागी महासंघका अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।
उनले आगामी १० वर्षलाई लगानी दशकका घोषणा गर्न, लगानीसँग सम्बन्धित कानुन वन, वातावरण र भूमिसमेत एकीकृत गरी एकीकृत लगानी संहिता बनाउन तथा विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य गर्नुपर्ने धारणा राखे ।
ढकालले लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आवश्यक रहेकोमा जोड दिए । ‘लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व अबको आवश्यकता हो, राजनीतिक अस्थिरताका बीचमा पनि नीतिगत स्थायित्व हुँदा धेरै देशले विकास गरेका प्रशस्तै उदाहरण छन्,’ महासंघ अध्यक्ष ढकालले भने, ‘सबै दलले कम्तीमा अबको १० वर्ष नीतिगत परिवर्तन नगर्ने गरी सहमति गर्नुपर्छ । कानुनको अपव्याख्या गर्ने र एकअर्को कानुन बाझिने अवस्था अन्त्य हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’
अबको बजेट र मौद्रिक नीतिले लगानी सहजीकरणका विषयलाई प्रमुखता साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यस पटकको बजेट नयाँ चरणको आर्थिक सुधारको प्रस्थानबिन्दु बन्नुपर्ने विचार व्यक्त गरे ।
व्यवसाय दर्ता नागरिक एपबाट हुने व्यवस्था गर्न, कर बुझाएको आधार स्वतः नवीकरण हुने व्यवस्था गर्न तथा विदेशी लगानीलाई अनलाइनबाट सबै प्रक्रिया पूरा गरेपछि फाइल बुझाए पुग्ने व्यवस्था गरी फाइल लगानीकर्ता आफैंले डुलाउँदै हिँड्नुपर्ने अवस्था अन्त्य गर्न पनि अध्यक्ष ढकालले सरकारसँग आग्रह गरे ।
उनले लगानी बोर्ड, उद्योग विभाग लगायत अन्य निकाय एकीकृत गरी अधिकार सम्पन्न लगानी सहजीकरण निकाय निर्माण गरी लगानी सहजीकरणमा जोड दिन आग्रह गरे ।
कोशी प्रदेश पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि लगायत क्षेत्रमा व्यापक सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै उनले सम्मेलनमा प्रस्तुत हुने परियोजनाको सम्भाव्यता, लगानीको ढाँचा तथा प्रदेश सरकारको भूमिका स्पष्ट पारेर लगानीकर्तालाई आश्वस्त पार्न कोशी प्रदेश सरकारलाई आग्रह गरे ।
देशमा पूर्वाधार विकासमा पूँजी अभाव नहोस् भनेर महासंघकै पहलमा १० अर्ब पूँजी भएको पब्लिक लिमिटेड कम्पनी स्थापना गरी काम सुरु गरिसकेका जानकारी दिए । यसले पूर्वाधारमा लगानी अभाव थोरै भए पनि हटाउन सघाउ पुग्ने उनको भनाइ थियो ।
सो सम्मेलनमा कोशी प्रदेश सरकारले ७१ वटा आयोजना सोकेशमा राखेको छ । शुक्रबार समापन हुने सो सम्मेलनबाट सोकेशमा राखिएका आयोजनाहरुमा स्वदेशी एवं विदेशी लगानीको प्रतिवद्धतामा सहमती हुने केशी प्रदेश सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।