logo

६५ प्रतिशतले बढ्यो निर्यात, १६ अर्बको सुन आयात

    608   पटक पढिएको


७ वैशाख/अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका ९ महिनाको अवधीमा १ खर्ब ८८ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधीमा भएको यो निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५ प्रतिशतले बढेको छ ।

गत आवको चैतसम्ममा नेपालबाट भएको निर्यात १ अर्ब १३ अर्ब रुपैयाँको थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापार करिब १५ खर्ब रुपैयाँको भएको छ । यो व्यापार गत आवको सोही अवधिको तुलनामा भने १६.८९ प्रतिशतले बढेको देखिएको छ ।
गत आवमा १२ खर्ब ८१ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । नेपालमा पछिल्लो ९ महिनामा १३ खर्ब ३० अर्ब रुपैयाँको बस्तु आयात भएको छ । यस्तो आयात पछिल्लो ९ महिनामा ११ खर्ब ६७ अर्ब रुपैयाँको थियो ।
गत आर्थिक वर्षको तुलनामा चालु आवको चैतसम्ममा निर्यात १२ दशमलब ८१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । यो अवधिमा नेपालको व्यापार घाटा ११ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । यस्तो व्यापार घाटा पछिल्लो ९ महिनामा ६.४५ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष यो अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ८१ अर्ब रुपैयाँ थियो । यो अवधिमा नेपालमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । नेपालमा पछिल्लो ९ महिनामा सबैभन्दा धेरै आयात डिजेलको भएको छ । डिजेल ९१ अर्ब २६ करोड रुपैयाँको आयात भएको छ ।
भन्सार विभागका अनुसार समिक्षा अवधिमा पेट्रोल ४७ अर्ब ७७ करोड रुपैयाँको आयात भएको छ । ग्यास ४६ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ । चालु आवको वितेका ९ महिनामा २५ अर्ब रुपैयाँको स्मार्ट फोन आयात भएको छ ।
यसैगरी, चालु आवको वितेका ९ महिनाको अवधीमा १६ अर्ब ३ करोड रुपैयाँको सुन आयात भएको विभागको तथ्यांकले देखाएको छ । सुनको आयात गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३६ करोड रुपैयाँको आएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २ अर्ब २३ करोड रुपैयाँको सुन आयात भएको थियो ।
यसअघि सबैभन्दा धेरै आव २०७८/७९ मा ३५ अर्ब ६८ करोड रुपैयाँको सुन आयात भएको थियो । त्यसअघि कारोना विश्व महामारिको समय आव २०७७/७८ मा २७ अर्ब ३४ करोड रुपैयाँको सुन आयात भएको भन्सार विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।