logo

विभागको एक्सनले सिमेन्ट प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म सस्तियो, छडमा पनि मुल्य घट्ने

    467   पटक पढिएको



१८ चैत/अर्थ र व्यापार – पूर्वका उद्योगले सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २५ रुपैयाँले घटाएका छन् भने फलामे छडको मूल्य प्रतिकेजी २ देखि ४ रुपैयाँले झार्ने तयारी गरिरहेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि निर्माणसामग्रीका सिमेन्ट उद्योगले मूल्य घटाएका र कुनैले घटाउने तयारी गरिरहेका हुन् ।
सिमेन्ट र फलामे छडको मूल्यमा कार्टेलिङ गरेर मूल्यवृद्धि गरिएको भन्दै सर्वत्र विरोध सुरु भएपछि विभागले कारबाही आरम्भ गरेको हो । विभागका महानिर्देशक कुमार दाहालका अनुसार विभागले देशभरिका ठुला स्टिल र फलाम उद्योगलाई पत्राचार गर्दै आफ्नो उत्पादन लागतको विवरण स्पष्ट खुलाएर जानकारी गराउन भनेको छ ।
विभागको पत्र पाएलगत्तै सिमेन्ट उद्योगले मूल्य घटाएका हुन् भने स्टिल उद्योग छलफलकै क्रममा रहेको बताइएको छ।महानिर्देशक दाहालले  भने, ‘कुन हो मूल्य? अहिले त मूल्य नै नभएको जस्तो भइसक्यो । अहिले मूल्य नै छैन भन्दा पनि हुन्छ। जति राखिदिए पनि हुने भएको छ। त्यसैले हामीले उत्पादन लागतको विवरण मागेका हौँ।’
पूर्वका ६ वटा स्टिल उद्योगबाट उत्पादन लागतको विवरण आइसकेको जानकारी उनले दिए। विभागले भैरहवा र वीरगंज क्षेत्रका स्टिल उद्योगमा पनि उत्पादन लागतको विवरण पठाइदिन पत्राचार गरेको उनको भनाइ छ। त्यस्तै ५ वटा सिमेन्ट उद्योगले पनि विभागमा यस्तो विवरण दर्ता गराइसकेका छन्।
‘मूल्यवृद्धि किन गरियो भनेर हामी सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौं। हामी वाणिज्यलाई सहजीकरण गर्ने र सँगसँगै उपभोक्ताको पनि हित गर्ने निकाय हौँ। त्यसैले उपभोक्ताको अधिकारको ग्यारेन्टी हाम्रो दायित्वमा पर्छ,’ उनले भने।
देशभरिका सबै उद्योगलाई यही २० चैत भित्र आफ्ना उत्पादनका प्याकेटमा खुद्रा बिक्री मूल्य (एमआरपी) अंकित गर्न निर्देशन दिएको पनि उनले जानकारी दिए । दाहालको भनाइ अनुसार २१ चैतदेखि कडा अनुगमन हुनेछ । एमआरपी नलेखिएका सबै वस्तु बरामद गरेर तिनका उत्पादकलाई कारबाही चलाउने विभागले जनाएको छ । सिमेन्ट र फलामे छडमा पनि एमआरपी नलेख्ने गरेको तथ्य विभागले चाल पाएको र २० चैतदेखि यसलाई अनिवार्य गर्न निर्देशन दिएको उनले बताए ।
विराटनगरको एक हार्डवेयरका सञ्चालकका अनुसार यहाँका एउटा सिमेन्ट उद्योगले आइतबारदेखि प्रतिबोरा २५ र अर्को उद्योगले १५ रुपैयाँ मुल्य घटाएर पठाउन थालेका छन्। हाल फलामे छड उद्योगले पनि मूल्य घट्ने संकेत गरेका छन्।
सिमेन्ट उद्योगले मंसिरयता पटकपटक गरी बोराको २४० रुपैयाँसम्म मूल्यवृद्धि गरेका थिए। त्यस्तै स्टिल उद्योगले फलामे छडमा गत १५ फागुन यता भ्याटबाहेक प्रतिकेजी १२ देखि १८ रुपैयाँसम्म मूल्यवृद्धि गरिसकेका छन्। स्टिल उद्योगले त बिक्रीका लागि कार्टेलिङमा मूल्यवृद्धि मात्र गरेका छैनन्, कच्चा पदार्थ स्क्रयापको खरिदमा पनि कार्टेलिङ गर्दै आएका छन्।
स्क्रयापका बिक्रेताको एक मात्र बजार स्टिल उद्योग नै भएको फाइदा उठाउँदै उद्योगीले मिलेमतो गरेर स्क्रयापको मूल्य घटाएका हुन् । सामान्यतया तयारी वस्तुको मूल्य बढ्दा कच्चा पदार्थको पनि बढ्ने बजारको सामान्य सिद्धान्तअनुसार फलामे छडको मूल्य अचाक्ली वृद्धि हुँदा स्क्रयापको पनि त्यही अनुपातमा बढ्नु पर्ने थियो तर स्टिल उद्योगले स्क्रयापको मूल्य किलोमा ६ रुपैयाँले घटाएका छन्।
स्टिल उद्योगले प्रतिकेजी ५८ मा खरिद गर्दै आएको फलामे स्क्रयापलाई ५२ रुपैया मात्र दिन थालेका छन्। यसबाट तिनको उत्पादन लागत अझ सस्तो भएको छ र सिमेन्ट उद्योगभन्दा स्टिल उद्योग दोहोरो फाइदामा पुगेका छन्। यसैबिच उपभोक्तावादी संघसंस्था, निर्माण व्यवसायी महासंघ लगायतका विभिन्न निकायले सिमेन्ट र फलामे छडमा कार्टेलिङ भएको भन्दै लगातार विरोध गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।