logo

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश दिने

    773   पटक पढिएको


१७ चैत/अर्थ र व्यापार – साल्ट ट्रेडिङ कर्पोरेशनको ५८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालन समितिका अध्यक्ष प्रदिपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले १० प्रतिशत लाभाशं दिने निर्णय गरेको हो ।
सो साधारण सभाले चुक्ता पुँजीको १० प्रतिशत लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने निर्णय पारित गरेको हो । साथै सुनकोशी नदी लगायतमा आएको भीषण बाढीले जन धनको व्यापक क्षति पुर्याएकोमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेशन र कर्मचारीहरुका तर्फबाट समेत ६० लाख उपलब्ध गराएको थियो । त्यसलाई समेत सदर गरेको हो ।
वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखानीति उपर छलफल गरी पारित गरेको छ ।
साधारण सभाको अवसरमा अधयक्ष श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी खास वस्तुहरुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गरी सामाजिक उत्तरदायित्व समेत वहन गरेको जानाकारी दिए ।
कर्पोरेशनले सरकारबाट प्राप्त अनुदानमा आवश्यक मात्रमा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनिकरण गर्न गैर अनुदानित रासायनिक मल एमुनियक सल्फेट र सिंगल सुपर फस्फेट मल कृषकहरुलाई उपलब्ध गराउदै आएको छ ।
अध्यक्ष प्रदिपलाल श्रेष्ठले नेपाल सरकारको नीतिको अवलम्बन गर्दै मुलुकभर गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था मिलाउदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्न नबीनतम तथा सिर्जनशील कारोबार खोजी गर्दै व्यापार विविधीकरण तर्फ उन्मुख रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।