logo

मुलुकको वैदेशिक व्यापारमा छलाङ ,८ महिनाम १ खर्ब ५८ अर्ब १७ करोडको निर्यात

    346   पटक पढिएको


७ चैत/अर्थ र व्यापार – चालु आर्थिक बर्षको फागुनसम्म नेपालको वैदेशिक व्यापारमा छलाङ मारेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको फागुन मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा नेपालको निर्यात व्यापार मात्रै गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले बढेको छ ।
भन्सार विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको फागुन मसान्तसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात व्यापार गरेको नेपालले चालु आवको सोही अवधिमा बढाएर निर्यात व्यापार बढाएर १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ पुर्याएको छ ।
यसैगरी, सो अवधिमा नेपालको आयात व्यापार पनि ११.२० प्रतिशतले बढेको विभागले जानकारी दिएको छ । विभागका अनुसार नेपालले गत आवको पहिलो ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात व्यापार गरेकोमा चालु आवमा आयात बढाएर ११ खर्ब ४५ अर्ब रुपैयाँ पुर्याएको हो ।
यसरी आयात र निर्यात व्यापारमा उच्च वृद्धि हुँदा नेपालको व्यापारघाटा पनि ६.२२ प्रतिशतले बढ्दै ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा नेपालको व्यापारघाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।