logo

नेपाल बिजनेस समिटको दोस्रो संस्करण ७ वैशाखमा

    362   पटक पढिएको

२१ फागुन/अर्थ र व्यापार – नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी ७ वैशाखमा काठमाडौंमा हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत आयोजक रहने सो सम्मेलनमा सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) बीच सम्झैता भएको छ ।
समिट ‘इकोनोमी फर सस्टेनेबल एण्ड रेसिलेन्ट फ्युचर’ भन्ने नाराकासाथ आयोजना हुने भएको छ । यस पटकको सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग–व्यवसायिक तथा अधिक सम्भावना बोकेका क्षेत्रहरुमा देखिएका जल्दाबल्दा विषयहरुमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ/विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरुकाबीचमा छलफल र बहस गरिने जनाइएको छ ।
बहसका सत्रहरुबाट आउने उपयोगी सुझावहरु समावेश भएको निष्कर्ष प्रतिवेदनमा समावेश हुनेछन् । प्रतिवेदन कार्यान्वयनका लागि तीनै तहका सरकारहरुलाई हस्तान्तरण गर्ने उद्देश्य रहेको नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।
समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्र उत्साहित बन्न नसकिरहेका बेला आयोजना हुन लागेको सम्मेलन फलदायी हुन सक्ने बताए । उनले सरकार र निजी क्षेत्रका बीचमा विश्वास कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि अगाडि बढ्ने वातावरण बन्ने सृजना गर्ने विश्वास व्यक्त गरे ।
यसैगरी, एनबीआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटी संयोजक विशाल गैरेले लगानी विस्तारका लागि सम्मेलन फलदायी हुने बताए । दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारत बीचको गतिशील साँघु बनाई आन्तरिक लगानीलाई प्रोत्साहन र बाह्य लगानीलाई आकर्षित गर्दै दिगो बैंकिङ विकासमार्फत औद्योगिकरण, कृषि, पर्यटन, जलविद्युत, वन पैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्वउद्यमशीलता तथा स्टार्टअप व्यवसाय, भेन्चर क्यापिटल, इक्युवेसन लगायतका क्षेत्रमा लगानी बढाएर आर्थिक विकासका लागि समिट प्रस्थान बिन्दु बन्ने उनको भनाइ छ ।
सो समिटमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, दातृ निकायका प्रतिनिधि सहभागी हुनेछन् ।
यस्तै, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्व, बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा उच्च अधिकारी, उद्योगी एवं व्यवसायी, युवा, आईटी तथा डिजिटल प्रविधिमा संलग्न, वैदेशिक रोजगारबाट फर्केका जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरुको पनि सहभागिता रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।