logo

नेपाल बिजनेस समिटको दोस्रो संस्करण ७ वैशाखमा

    510   पटक पढिएको

२१ फागुन/अर्थ र व्यापार – नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी ७ वैशाखमा काठमाडौंमा हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत आयोजक रहने सो सम्मेलनमा सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) बीच सम्झैता भएको छ ।
समिट ‘इकोनोमी फर सस्टेनेबल एण्ड रेसिलेन्ट फ्युचर’ भन्ने नाराकासाथ आयोजना हुने भएको छ । यस पटकको सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग–व्यवसायिक तथा अधिक सम्भावना बोकेका क्षेत्रहरुमा देखिएका जल्दाबल्दा विषयहरुमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ/विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरुकाबीचमा छलफल र बहस गरिने जनाइएको छ ।
बहसका सत्रहरुबाट आउने उपयोगी सुझावहरु समावेश भएको निष्कर्ष प्रतिवेदनमा समावेश हुनेछन् । प्रतिवेदन कार्यान्वयनका लागि तीनै तहका सरकारहरुलाई हस्तान्तरण गर्ने उद्देश्य रहेको नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।
समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्र उत्साहित बन्न नसकिरहेका बेला आयोजना हुन लागेको सम्मेलन फलदायी हुन सक्ने बताए । उनले सरकार र निजी क्षेत्रका बीचमा विश्वास कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि अगाडि बढ्ने वातावरण बन्ने सृजना गर्ने विश्वास व्यक्त गरे ।
यसैगरी, एनबीआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटी संयोजक विशाल गैरेले लगानी विस्तारका लागि सम्मेलन फलदायी हुने बताए । दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारत बीचको गतिशील साँघु बनाई आन्तरिक लगानीलाई प्रोत्साहन र बाह्य लगानीलाई आकर्षित गर्दै दिगो बैंकिङ विकासमार्फत औद्योगिकरण, कृषि, पर्यटन, जलविद्युत, वन पैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्वउद्यमशीलता तथा स्टार्टअप व्यवसाय, भेन्चर क्यापिटल, इक्युवेसन लगायतका क्षेत्रमा लगानी बढाएर आर्थिक विकासका लागि समिट प्रस्थान बिन्दु बन्ने उनको भनाइ छ ।
सो समिटमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, दातृ निकायका प्रतिनिधि सहभागी हुनेछन् ।
यस्तै, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्व, बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा उच्च अधिकारी, उद्योगी एवं व्यवसायी, युवा, आईटी तथा डिजिटल प्रविधिमा संलग्न, वैदेशिक रोजगारबाट फर्केका जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरुको पनि सहभागिता रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।