logo

निजी क्षेत्रलाई राजस्व संकलनमा सहयोगी भूमिका खेल्न अर्थमन्त्रीको आग्रह

    754   पटक पढिएको


१३ माघ/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा सहयोगी भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राजस्व चुहावट, अनियमितताका प्रवृत्तिलाई निरुत्साहित गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरूलाई निर्देशित गर्न पनि आग्रह गरे ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराउँदै उत्पादन, उत्पादकत्व र जीडीपी वृद्धि गर्न अध्यादेश ल्याइएको बताए ।
सरकार विशेष परिस्थितिमा बनेको भन्दै उनले अहिलेको सरकार सरकारहरूको सूचीमा अर्को एकथान सरकार थप्नका लागि नबनेको बताए ।
निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए । उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताए ।
निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको बताउँदै पौडेलले भने, ‘यो सरकार विशेष परिस्थितिमा बनेको छ , विशेष अभिभारा पूरा गर्नका लागि बनेको छ, यो सरकारले जुन अभिभारा आफ्नो काँधमा लिएको छ ।’
त्यसबाट पछि छुट्ने छुट यो सरकारलाई छैन भन्दै उनले समस्त निजामती प्रशासन, भन्सार प्रशासन पनि सरकारको एउटा महत्त्वपूर्ण अंग भएकाले आफ्नो जिम्मेवारीलाई महत्वका साथ पूरा गर्न कर्मचारीलाई आग्रह गरे । हरेक नागरिकलाई सुखी र समृद्ध जीवनको प्रत्याभूति गराउने अठोटका साथ यो सरकार क्रियाशील रहेको उनको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।