logo

निर्माण व्यवसायीले देउवालाई भेटेर बुझाए १४ बुँदे ज्ञापनपत्र, माग सम्बोधनको पहल गर्ने आश्वासन

    506   पटक पढिएको


६ माघ/अर्थ र व्यापार– नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आफ्ना जायज माग नसुनेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर विभिन्न १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । महासंघको प्रतिनिधी टोलीले आइतबार देउवालाई भेटेर निर्माण व्यवसायीका समस्या समाधनकालागि पहल गरिदिन सो ज्ञापनपत्र बुझाएको हो ।
महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट र रड उद्योगीले हाल अत्यधिक मुल्यबृद्धि गरि कालोबजारी गरेको विषयमा सरकार जानकार रहेपनि मूल्य घटाउनका लागि कुनै पहल नगरेकाले बाध्य भएर काठमाडौको बुढानीलकण्ठस्थित निवासमै पुगेर देउवासँग भेटेर आफ्नो समस्याबारे अवगत गराएको बताए ।
उत्पादक एवं उद्योगीले सिमेन्टको भाउ वितेका ६ महिनाको अवधिमा विनाकारण सतप्रतिशत बढाएका छन् । अभाव सिर्जना गरेर भाउ बढाएको असर निर्माण क्षेत्रमा परेको व्यवसायीहरुको भनाइ छ ।
महासंघका अध्यक्ष सिंहले हाल नेपाली बजारमा सिमेन्ट , छड लगायत निर्माण सामग्रीमा जथाभावी मूल्यवृद्धि गरिएकाले यस्तो मुल्यबृद्धि धान्नै नसकिने गरी लागत बढ्न पुगेको बताए ।
पूर्व प्रधानमन्त्री एवं कांग्रेश सभापति देउवासामु निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी दिलाउन, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता हटाउन, साँवा ब्याज तिर्ने अवधि बढाइदिनका लागि पहल गर्न आग्रह गरेको महासंघले जनाएको छ ।
महासंघले आइतबार प्रेस विज्ञप्ति मार्फत यस्तो जानकारी गराएको हो । महासंघका अनुसार देउवाले निर्माण उद्योगीका जायज माग पूरा गर्न सक्दो पहल गर्ने आश्वासन दिएका छन् । महासंघले माग सम्बोधनका लागि सरकारलाई आगामी १५ माघसम्मको अल्टिमेटम दिएको छ । माग पूरा नभए आगामी १८ माघबाट चरणपद्ध आन्दोलन सहित व्यवसायी सडकमा उत्रिने महासंघको चेतावनी छ ।
आफ्ना माग सम्बोधन गर्नकालागि महासंघले पूर्व प्रधानमन्त्रि देउवा लगायत शीर्ष नेताहरुसँग हारगुहार माग्न थालेको छ । हाल सिमेन्ट, रड लगायत विभिन्न निर्माण सामग्रीमा अत्यधिक मुल्यबृद्धि गरि कालोबजारी गर्दै चर्को मूल्य वृद्धि भएको विषयमा सरकारले बेवास्था गरिदिएपछि अहिले निर्माण व्यवसायीहरुले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटेर हारगुहार माग्न थालेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।