logo

भुक्तानी नपाएपछि निर्माण व्यवसायीद्वारा आन्दोलनको चेतावनी

    405   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – सरकारले लामो समयदेखि भुक्तानी नदिएपछि निर्माण व्यवसायीहरू आन्दोलित हुने भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघद्धारा बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले अब व्यवसायीले बाध्य भएर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उनले हाल व्यवसायी भुक्तानी नपाएर मात्र नभएर मुख्य निर्माणको सिजनमा अकस्मात बढाईएको सिमेन्ट र विभिन्न निर्माण सामाग्रीको चर्को मुल्यबृद्धिको मार खेख्न समेत बाध्य भएको बताए ।
महासंघका महासचिव रोशन दाहालले आगामी २७ पुसमा राजधानीमा देशभरका निर्माण व्यवसायी भेला हुने र सोही भेलाको म्यान्डेट अनुसार व्यवसायीहरु आन्दोलनमा जाने मनस्थीतिमा रहेको बताए । ‘यसअघि सरकारसँग पटक–पटक हारगुहार गर्दा पनि निर्माण व्यवसायीले ठुलो रकम भुक्तानी पाउन सकेनौँ,’ महासचिव दाहालले भने, ‘दुई वर्ष अघि देखिको भुक्तानी पाउन सकेका छैनौँ ।’
साथै यही अवधिमा निर्माण सामाग्रीको मूल्य वृद्धि हुनुका साथै निर्माण सामग्री उत्पादनसमेत कार्टेलिङ गरी उद्योगीले अभाव सिर्जना गरेकाले निर्माण व्यवसायी थप मारमा परेको भन्दै उनले अब आन्दोलनको विकल्प नभएको बताए ।
यसैगरी, उनले सरकारले समयमा भुक्तानी नदिँदा बैंकको किस्ता तिर्न नसकिने र कालोसूचीमापर्ने अवस्था आएको बताए । पटकपटक भुक्तानीका लागि ताकेता गर्दा पनि भुक्तानी पाउन नसकेको र अब आन्दोलन बाहेक विकल्प नभएको दाहालको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।