logo

नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा अग्रवाल

    425   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार – नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न संघको ४४औँ वार्षिक साधारण सभामा सर्वसम्मतिले अग्रवाललाई संघको अध्यक्षमा चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा गौरव शारदा र महासचिवमा जयन्तकुमार अग्रवाल निर्वाचित भएका छन् ।
यसैगरी, प्रथम सचिवमा स्वाती रुंगटा अग्रवाल, द्वितीय सचिवमा विष्णुकुमार जोशी र कोषाध्यक्षमा ऋषिराज मोर निर्वाचित भएका छन् ।
संघको कार्यसमिति सदस्यहरुमा आकाश गोल्छा, कुमारबहादुर कार्की, गोविन्दलाल संघाई, दिपेश खेतान अग्रवाल, निर्मल पौडेल, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, वसन्त अग्रवाल, मदन मित्तल, मयंक केडिया, रामचन्द्र खेतान, विमल सिद्धार्थ वैद्य, सुमितकुमार वंशल र सञ्जय अग्रवाल निर्वाचित भएका छन् ।
संघको विधानअनुसार अध्यक्षले मनोनीत गर्न सक्ने व्यवस्था बमोजिम चयन भएका चारजना सदस्यहरुमा अभिनव चुरिवाल, पंकज जलान, रुपाली सिकारिया र डिल्लीरत्न तुलाधर रहेका छन् ।
संघको विधानले कार्यसमितिमा २० जना प्रत्यक्ष निर्वाचित हुने र चारजना सदस्य अध्यक्षले मनोनीत गर्न सक्ने व्यवस्था गरेको छ । यसैगरी, निवर्तमान र त्यसअघिका अध्यक्ष पदेन सदस्यका रूपमा नयाँ कार्यसमितिमा रहने व्यवस्था पनि सो विधानमा उल्लेख छ । सोही व्यवस्था बमोजिम नै यस नयाँ कार्यसमिति सर्वसहमतीको आधारमा चयन भएको सो संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।