logo

कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहन्छौँः मन्त्री भण्डारी

    748   पटक पढिएको


१ पुस/अर्थ र व्यापार– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको बताएका छन् । नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा कोरिया स्थित नेपाली राजदूतावास र बुसान च्यामबर अफ कमर्स कोरियाद्वारा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले कोरियन लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै उनले आगामी दिनमा नेपाल र कोरियाबिचको आपसी सम्बन्ध थप उचाइमा पुराउनुपर्नेमा जोड दिए ।
उनले नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गरेका हुन् । महत्वपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौतिक विकास, ज्ञान, सिप र प्रविधिलाई नजिकबाट नियाली रहेको र कोरियामा भइरहेको विकासबाट नेपालीलाई थप लाभान्वित गर्न चाहेको उनले स्पष्ट पारे । मन्त्री भण्डारीले नेपाली युवालाई रोजगारी प्रदान गरेकोमा इपिएस कोरिया र कोरिया सरकारलाई विशेष धन्यवाद व्यक्त गरे ।
हाल सामसुंग इलेकट्रोनिक्स र हुण्डाई मोटर्सले नेपालमा आफ्नो प्लान्ट स्थापना गरी उत्पादन सुरु गरेको छ भने कोरियाले अपर त्रिसुलीमा गरेको लगानीले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै उनले वैदेशिक लगानीका दृष्टिकोणबाट कोरिया महत्त्वपूर्ण साझेदार भएकाले नेपालमा दिन प्रतिदिन लगानीको वातावरण थप सुधार भइरहेको अन्तर्राष्ट्रिय संस्थाहरूको मूल्यांकनले समेत पुष्टि गरेको बताए ।
नेपालमा युवा जनशक्ति, कच्चा पदार्थको उपलब्धता, भौगोलिक विविधताले समेत लगानीको प्रतिफल प्राप्त हुने देखिन्छ भन्दै उनले भारत, चिन, बंगलादेश लगायतको बजारका कारणले समेत नेपाल सम्भावना भएको मुलुक भएको बताए ।
नेपालमा लगानी गरी व्यवसाय प्रवर्धन र थप रोजगारी सृजना गर्न कोरियन लगानीकर्ताहरूलाई आग्रह गर्दै उनले सरकारका तर्फबाट गर्नुपर्ने सबै किसिमको सहजीकरण गर्न प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।