logo

घरजग्गा क्षेत्रलाई उद्योग सरह मान्यता दिन सरकार सकारात्मक: अर्थमन्त्री पौडेल

    416   पटक पढिएको


२८ मंसिर/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घरजग्गा क्षेत्रले भोगिरहेको संकुचन समाधान गर्न सरकार अग्रसर रहेको बताएका छन् ।
नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले घरजग्गा क्षेत्रले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । घरजग्गा क्षेत्र धरासायी भयो भन्ने विषयलाई असहमति राख्दै यो क्षेत्रलाई समस्यामा पर्न नदिने दाबी गर्दै उनले घरजग्गा क्षेत्रलाई उद्योग सरह मान्यता दिन सरकार सकारात्मक रहेको बताए ।
घरजग्गा व्यवसायीलाई प्रस्तावसहित आउन आग्रह गर्दै उनले घरजग्गा व्यवसायीहरुलाई मुनाफाका लागि अग्रसर नभएर देश निर्माणमा जुट्नसमेत सुझाए ।
विदेशीलाई अपार्टमेन्ट बिक्रीमा पनि सरकार व्यवसायीसँग छलफल गरेर निष्कर्षमा पुग्ने वाचा गर्दै उनले तीन वर्षअघिका नीतिले अर्थतन्त्रमा समस्या ल्यायो भन्ने विषयमा सरकार त्यसलाई सुधार गर्नुपरे गर्ने बताए ।
जग्गाको वर्गीकरणअनुसार योजनाबद्ध विकासलाई प्रभावकारी बनाउन आग्रह गगर्र्दै उनले ।अनुमतिपत्र प्राप्त संस्थाबाट मात्रै घरजग्गा कारोबार गर्न आवश्यक नियमावली निर्माणमा सरकारले काम गरिरहेको बताए । ब्रोकर लाइसेन्स र त्यसैमार्फत घरजग्गा कारोबार हुनुपर्ने भन्दैउ नले ल्यान्डपुलिङमा नीजी क्षेत्रलाई सरकार सकारात्मक रहेको बताए ।
यस्तै, जग्गा हदबन्दीसम्बन्धी व्यवस्था अब पुनरावलोकन हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले अपार्टमेन्टको स्वामित्वमा रहेको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।