logo

घरजग्गा क्षेत्रलाई उद्योग सरह मान्यता दिन सरकार सकारात्मक: अर्थमन्त्री पौडेल

    717   पटक पढिएको


२८ मंसिर/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घरजग्गा क्षेत्रले भोगिरहेको संकुचन समाधान गर्न सरकार अग्रसर रहेको बताएका छन् ।
नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले घरजग्गा क्षेत्रले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । घरजग्गा क्षेत्र धरासायी भयो भन्ने विषयलाई असहमति राख्दै यो क्षेत्रलाई समस्यामा पर्न नदिने दाबी गर्दै उनले घरजग्गा क्षेत्रलाई उद्योग सरह मान्यता दिन सरकार सकारात्मक रहेको बताए ।
घरजग्गा व्यवसायीलाई प्रस्तावसहित आउन आग्रह गर्दै उनले घरजग्गा व्यवसायीहरुलाई मुनाफाका लागि अग्रसर नभएर देश निर्माणमा जुट्नसमेत सुझाए ।
विदेशीलाई अपार्टमेन्ट बिक्रीमा पनि सरकार व्यवसायीसँग छलफल गरेर निष्कर्षमा पुग्ने वाचा गर्दै उनले तीन वर्षअघिका नीतिले अर्थतन्त्रमा समस्या ल्यायो भन्ने विषयमा सरकार त्यसलाई सुधार गर्नुपरे गर्ने बताए ।
जग्गाको वर्गीकरणअनुसार योजनाबद्ध विकासलाई प्रभावकारी बनाउन आग्रह गगर्र्दै उनले ।अनुमतिपत्र प्राप्त संस्थाबाट मात्रै घरजग्गा कारोबार गर्न आवश्यक नियमावली निर्माणमा सरकारले काम गरिरहेको बताए । ब्रोकर लाइसेन्स र त्यसैमार्फत घरजग्गा कारोबार हुनुपर्ने भन्दैउ नले ल्यान्डपुलिङमा नीजी क्षेत्रलाई सरकार सकारात्मक रहेको बताए ।
यस्तै, जग्गा हदबन्दीसम्बन्धी व्यवस्था अब पुनरावलोकन हुनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले अपार्टमेन्टको स्वामित्वमा रहेको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।