logo

२१ निर्माण कम्पनी कालोसूचीमा, तीन वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने

    453   पटक पढिएको


१८ मंसिर/अर्थ र व्यापार – तोकिएको सम्झौता अनुसारको काम नगरेपछि विभिन्न २१ वटा निर्माण कम्पनीहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । १५ वटा कम्पनी एक वर्षका लागि, दुई कम्पनी २/२ वर्षकालागि, २ कम्पनी अढाइवर्ष र एउटा/एउटा कम्पनी डेढवर्ष र तीन वर्षका लागि कालोसूचीमा परेका छन्।
तीन वर्षका लागि सार्वजनिक खरिदका गतिविधिमा सहभागी हुन नपाउनेगरि कालोसूचीमा पर्ने कम्पनीमा जोरपाटीको नव दुर्गा बिल्डर्स छ । शिवप्रसाद दंगाल सञ्चालक रहेको सो कम्पनीलाई कालोसूचीमा राख्न शंखरापुर नगरपालिकाको कार्यालयले सिफारिस गरेको हो।

सडक विभागको रुकुम पश्चिमको चौरजहारीस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा सपना शैलुङ जेभी कालोसूचीमा परेको छ । यो जेभीमा हेटौंडाको सपना कन्स्ट्रक्सन र ललितपुर ढोलाहिटीको शैलुङ कन्स्ट्रक्सन रहेका छन् । २ वर्ष ६ महिनाका लागि कारबाहीमा परेका यी कम्पनीमा सपना हरिप्रसाद ढकालको हो भने पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरवेटी भनेर चिनिएका शैलुङ कन्स्टक्सन निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको हो ।

२ वर्षका लागि कारबाहीमा परेका कम्पनीमा रुकुम पश्चिम मुसीकोटको तेनिम मल्टीपर्पोज कम्पनी र बाँके कोहलपुरको केआर कन्स्ट्रक्सन छन् । केआर कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न नेपाल राष्ट्र बैंक बालुवाटारले लेखिपठाएको छ । यसैगरी, १ वर्ष ६ महिनाका लागि कालोसूचीमा पर्नेमा तनहुँ बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन रहेको छ । सो निर्माण कम्पनीलाई तनहुँको भानु नगरपालिकाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कारबाही गरेको हो ।

एक वर्षका लागि कालोसूचीमा परेकाहरुमा सुर्खेत वीरेन्द्रनगरको तप्त निर्माण सेवा, पूर्ण निर्माण सेवा, आइए कन्स्ट्रक्सन, बाँकेको हार्दिक कन्स्ट्रक्सन, जिसान ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, सविना जनरल एण्ड अर्डर सप्लायर्स, हुम्लाको यास के शाही कन्स्ट्रक्सन, एसके निर्माण सेवा, काभ्रेको ट्राभलर्स क्रियु कन्स्ट्रक्सन, खोटाङको युनिक निर्माण सेवा रहेका छन् ।
यसैगरी, एक वर्षकै कार्बाहीमा परेकाहरुमा काठमाडौं कालिकास्थानको युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि, जीसी कन्स्ट्रक्सन कास्की, महिमा कन्स्ट्रक्सन बर्दिया र जायसवाल कन्स्ट्रक्सन धनुषा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।