logo

नेपाल लगानीका लागि पूर्ण सुरक्षित रहेको प्रमाणित भयो :अर्थमन्त्री पौडेल

    363   पटक पढिएको


१० मंसिर/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा लगानी गर्न सुरक्षित र प्रतिफलयुक्त रहेको प्रमाणित भएको बताएका छन् ।
उनले भर्खर फिच रेटिङले नेपालमो सार्वभौम कन्ट्री रेटिङ गर्दै नेपाललाई डबल बी माइनस रेटिङ दिएको छ । सो रेटिङले अब नेपाल लगानीयोग्य देशका रुपमा सावित भएको र लगानीकर्ताहरुले नेपालमा निर्धक्कसँग लगानी गर्न सकिने उनले बताए ।
फिच रेटिङले सार्वजनिक गरेको रेटिङका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रबार अर्थमन्त्री पौडेलले यो रेटिङले नेपालको अवस्था के हो ? र हामी कहाँ छौं ? भन्ने जानकारी दिएको बताए ।
‘नेपालको अर्थतन्त्र कुन अवस्थामा छ भन्ने प्रश्न लामो समयदेखि आईरहेको थियो, सार्वभौम क्रेडिट रेटिङ गर्नुपर्छ भन्ने माग पनि थियो’,उनले भने, ‘हामीले पहिलोपल्ट यो रेटिङ गराएका हौं ।’
नेपालले कन्ट्री रेटिङमा बीबी माईनस रेटिङ पाएको भन्दै उनले दक्षिण एशिया हेर्दा हाम्रा लागि यो उत्कृष्ट विषय रहेको बताए । ‘यो सुरुवात हो, अब हामी यसलाई निरन्तरता दिँदै जानेछौं, यो पहिलो एपिसोड हो,’ उनले भने, ‘यसले नेपालमा लगानी गर्न सुरक्षीत हुन्छ भन्ने सन्देश हामीले विश्वलाई बुझाएका छौं ।’
यसैगरी, उनले नेपाल साँच्चै नै लगानीका दृष्टिकोषण राम्रो राष्ट्र रहेको रेटिङले प्रमाणित गरिदिएको बताए । हाल यहाँ लगानी गर्दा प्रतिफल पनि राम्रो हुने फिचले देखाएको जानकारी गराउँदै उनले सोही अनुसार नेपालमा लगानी गर्न विदेशी निजी क्षेत्रलाई आग्रह गरे ।
फिचले नेपाल सरकारलाई केहि सुझाव पनि दिएको भन्दै उनले ति सुझावहरु कार्यान्वयन गर्दै जाने बताए । अब फिचले क्रेडिट रेटिङ दिलाएसँगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढ्ने निश्चित भएको उनको भनाई छ । उनले अब नेपाल बी बी माईनसमा मात्र नरोकिएर अझै यो रेटिङलाई सुधार गर्दै जाने प्रतिवद्धता जनाए ।
पत्रकार सम्मेलनमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले फिच रेटिङले अहिले हामी कहाँ छौं भन्नेबारे स्पष्ट्र दर्शाएको बताए । उनले विदेशी लगानीकर्ताहरुले अब नेपालमा लगानी भित्राउँदा ढुक्क हुनेरहेछ भन्ने सूचना दिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।