logo

राजस्व संकलनमा सामान्य सुधार, मूल्य अभिवृद्धि करतर्फ ५७ अर्ब ३० करोड संकलन

    422   पटक पढिएको

 

६ मंसिर/अर्थ र व्यापार – चालु आर्थिक वर्षको प्रथम चौमास साउन देखि कात्तिकसम्ममा आन्तरिक राजस्वमा केही सुधार देखिएको छ । आन्तरिक राजस्व विभागले चालु आवको वितेका चार महिना कात्तिकसम्ममा १ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
यो रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा १७ दशमलब ०९ प्रतिशतले बढी हो । अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार आन्तरिक राजस्व विभागले गत आवको कात्तिक मसान्तसम्ममा १ खर्ब २७ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभागले लक्ष्यको ८८ दशमलब ५५ प्रतिशत मात्र राजस्व उठाएको छ । चालु आवको कात्तिकसम्म विभागले १ खर्ब ८० अर्ब १५ करोड रुवपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।
यसैगरी, आन्तरिक राजस्वतर्फ मूल्य अभिवृद्धि कर ४१ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको छ । समिक्षा अवधिमा उत्पादन, बिक्री र सेवामा ५१ अर्ब १ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य रहेको थियो ।
त्यस्तै, अन्तःशुल्कतर्फ पनि आन्तरिक राजस्व विभागले सो अवधीमा ३९ अर्ब ५५ करोड रुपैयाँ उठाएको छ । यस अवधिमा ४२ अर्ब १९ करोड अन्तशूल्क उठाउने लक्ष्य थियो । यो अवधीमा आयकर समेत लक्ष्य अनुसार उठ्न नसकेको देखिएको छ । कात्तिकसम्ममा आयकरतर्फ जम्मा ६६ अर्ब ९३ करोड रुपैयाँ मात्र उठेको छ । यस अवधिमा ८६ अर्ब २७ करोड रुपैयाँ आयकर उठाउने लक्ष्य थियो ।
त्यसैगरी, भन्सार विभागको संकलन लक्ष्य पनि आन्तरिक राजस्वको तुलनामा अझै कम छ । भन्सार विभागले कात्तिकसम्म जम्मा १ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ राजस्व उठाएको छ । कात्तिकसम्म विभागले पाएको लक्ष्य १ खर्ब ८८ अर्ब ५६ करोड रुपैयाँ थियो । तर समिक्षा अवधीमा भन्सार विभागले गत वर्षको तुलनामा १० दशमलब ९० प्रतिशत धेरै राजस्व उठाएको देखिन्छ ।
यस्तो अवस्थामा पनि लक्ष्यको तुलनामा भने ७४ दशमलब ६० प्रतिशत मात्र भन्सार राजस्व उठेको छ । भन्सार राजस्वतर्फ भन्सार महसुल ६७ अर्ब ६० करोड रुपैयाँ उठेको छ । यस अवधिमा भन्सार विभागले कुल ९४ अर्ब ७२ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखेको थियो ।
त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ पनि समिक्षा अवधीमा ५७ अर्ब ३० करोड मात्र संकलन भएको छ । सो अवधीमा यसको लक्ष्य ७४ अर्ब २६ करोड रुपैयाँ थियो । समिक्षा अवधीमा अन्तःशुल्कतर्फ जम्मा १५ अर्ब ७५ करोड रुपैयाँ मात्र उठेको छ । यसको लक्ष्य १९ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।
भन्सार महशुल लगायत विभिन्न कर संकलनको अवस्थालाई विगतका वर्षहरुको भन्दा थप रफ्तारमा लगेर मुलुकको अर्थव्यवस्थामा राम्रो प्रगती गर्ने सरकारको लक्ष्य केबल नारामा मात्र सिमित भएको सम्बन्धित सरोकारवालाहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।