logo

पुर्नबीमा कम्पनीको बुझाइ नै भएन : प्राधिकरण अध्यक्ष सिलवाल

    385   पटक पढिएको


२२ कात्तिक/अर्थ र व्यापार – नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुर्नबीमा कम्पनीको बुझाई नै नभएको पाईएको बताएका छन् ।  नेपाल पुर्नबीमा कम्पनीको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
अहिलेसम्म सम्बन्धीत बीमा सेवाप्रदायक कम्पनीहरुले गर्दै आएका विविध जनचेतनामुलक कार्यक्रम अपेक्षाकृत रुपमा लक्षित वर्गमा नगुगेको धारणा राख्दै अध्यक्ष सिलवालले भने, ‘पुर्नबीमा कम्पनीले अहिलेको बजार के हो र बजारले के खोज्छ भन्नेबारे राम्रोसित अध्ययन गर्नुप¥यो, अहिले हामीले लागू गरिरहेको दररेट ठीक छ वा छैन हेर्नुपर्छ ।’
उनले १० वर्षअगाडि जुन दर रेट छ त्यसैमा गर्न खोज्यो भने कसैले पनि स्वीकार गर्न नसक्ने भएकाले सम्बन्धीत सरोकारवालाहरु थप गम्भिर हुनुपर्ने बताए । उनले सबै बीमा कम्पनीको विवरण संकलनगरि बजारको वास्तविक अवस्थाबारे थप अध्ययन तथा विश्लेषण गर्न पनि पुर्नबीमा कम्पनीहरुलाई निर्देशन दिए । ‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बीमा कम्पनीहरुलाई तपाइँहरुले सीप विकास तालिम दिनुपर्छ’, अध्यक्ष सिलवालले भने ।
उनले आतंकवाद बीमा शुल्क थोपरेर बीमितलाई भार नपार्न पनि निर्देशन दिए । उनले अनिवार्य गरिएको आतंकवाद बीमासम्बन्धी व्यवस्था अब ऐच्छिक हुनुपर्ने धारणा राखे । बीमा बजार ठूलो भइसकेकोले अब पुनर्बीमा कम्पनीहरुले चुक्तापुँजी २० अर्ब रुपैयाँ पु¥याउनै पर्ने अध्यक्ष सिलवालको निर्देशन थियो ।
दैनिक बदलिंदो अवस्थामा रहेको समयले कसैलाई रोक्न नसक्ने भएकाले अब समयको माग अनुरुप बीमा बजारलाई व्यवस्थित बनाइनुपर्छ भन्नेतर्फ सबैको ध्यान जानु आवस्यक भएको बताउँदै उनले भने, ‘त्यसैले बजार ठूलो भइसकेको छ, अब न्यूनतम चुक्तापुँजी पु¥याएर बजारमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ ।’ उनले यो अवसर पनि भएकाले समयअनुकुलको बजार विस्तारमा नै सफलता पाइने बताए ।
अध्यक्ष सिलवालले नियामकको निर्देशन सरकारी र निजी दुवै कम्पनीले पालना गर्नुपर्ने बताए । दुवै कम्पनीलाई एउटै बीमा ऐन लागू हुन्छ भन्दै उनले ‘नियामकको निर्देशन अक्षरश पालना गर्नुपर्नेमा जोड दिए ।
नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापाले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा थप सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको बताए । कम्पनीको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा सीईओ थापाले अन्तर्राष्ट्रियस्तरको पुर्नबीमा कम्पनीसँग पुर्नबीमा गर्दै दीर्घकालीन पुर्नबीमा सम्बन्ध सफल भएको बताए ।
उनले अब अन्तर्राष्ट्रिय बजारमा थप सेवा विस्तार गरिने जानकारी दिए । उनले हाल भारत, भुटान, फिलिपिन्स, माल्दिभ्सजस्ता एसिया तथा अफ्रिका करिब १३ देशमा यस कम्पनीले पुर्नबीमा सेवाबाट कुल बीमाशुल्क ८ प्रतिशत बीमाशुल्क प्राप्त गर्न सफल भएको बताए ।
यसैगरी, विदेशबाट पुर्नबीमाबाट आर्जित रकम विभिन्न क्षेत्रमा लगानी गरी राष्ट्रिय वित्तीय परिचालन गर्दै आएको जानकारी गराउँदै थापाले यस कम्पनीको सफ्टवेयर र भवन निर्माण कार्य अन्तिम चरण पुगेको बताए । उनले यी कार्य चालु आर्थिक वर्षबाटै थालिने बताए ।
राष्ट्रिय महत्वको पुर्नबीमाका सम्बन्धमा नियमनकारी निकायको निर्देशन र बीमकको आवश्यकता तथा आम नेपालीको हितका लागि पुर्नबीमा, वैदेशिक रोजगार बीमा, मोटर बीमाको तेस्रो पक्ष, कृषि बीमा क्षेत्रमा पुर्नबीमा सेवा प्रदान गर्दै आएको सीईओ थापाले जानकारी दिए ।
यस कम्पनीले निर्जीवन तथा जीवन दुवै बीमा कम्पनीको पुर्नबीमा गर्ने इजाजत पाएको बताउँदै उनले भने, ‘स्थापनाकालदेखि विभिन्न पुर्नबीमा सम्झौतालगायत बीमा सेवा प्रदान हुँदै आएको छ ।’
पुर्नबीमा सेवा अन्तर्राष्ट्रिय बजारबाट हुन नसक्दाको विषम परिस्थितिमा नियमनकारी निकायको सक्रिय र सरकारको ५१ प्रतिशत शेयर र बाँकी ४९ प्रतिशत र्निजीवन बीमकसमेत रहनेगरी सार्वजनिक तथा निजी साझेदार मोडलमा सन् २००३ मा स्थापना भई पुर्नबीमा सेवाको आवश्यकता र विदेशी मुद्राको सन्तुलन कायम गर्न यो कम्पनीको स्थापना भएको पनि उनले जानकारी दिए ।
यसैगरी, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपालमा नै पुनर्बीमा सेवा पाएकोमा खुसी व्यक्त गरे । नेपाल पुर्नबीमा कम्पनीले स्थापनाको ११ वर्ष पूरा गरेकोमा पनि आफूहरुलाई गौरभ लागेको बताउँदै पौडेलले भने, ‘हामीले पाउने सेवा ढोकामा नै पाएका छौँ’, ‘अझै धेरै गर्न बाँकी छ ।’ अहिले कम्पनीले नयाँ सीइओ पाएको र अझै इन्स्योरेन्स कम्पनीहरुले पुर्नबीमाबाट पाउने सेवा र कम्पनीले दिने साथकाबारेमा धेरै पाउने हामीले आशा गरेका छौं भन्दै उनले यसमा यस कम्पनीले राम्रो सेवा दिने अपेक्षा गरिएको बताए ।
सो कार्यक्रममा नेपाल बीमक संघका उपाध्यक्ष एवं सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ वीरेन्द्र बैदवारले नेपाल पुर्नबीमा कम्पनीलाई आगामी १÷२ वर्षमा टिनेजर भन्न मिल्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।