logo

माथिल्लो तमोरमा जुट्न सकेन कमिटमेन्ट गरेको लगानी, आइपीओको हिस्सा बढाइँदै

    663   पटक पढिएको



१ असोज/अर्थ र व्यापार – निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको अहिलेसम्मकै ठूलो २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनाका प्रवर्धकलाई वित्तीय स्रोत सुनिश्चित गर्न मुस्किल परेको छ।
आयोजना प्रवर्धकले गत जेठमा सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि बनाएर ३८ अर्ब रुपैयाँ व्यवस्थापन भएको घोषणा गरे पनि विद्युत विकास विभागमा बुझाइएको विवरण अनुसार हालसम्म २० अर्ब रुपैयाँ लगानी मात्र सुनिश्चित भएको छ ।
आयोजनाको कुल अनुमानित लागत ५५ अर्ब रुपैयाँ हो । फाइनान्सियल क्लोजर टुंगिन नसक्नुमा मुख्य कारण देखिएका छन् । पहिलो, सीमित पुँजी कोषले गर्दा लगानी प्रतिबद्धता कार्यान्वयन गर्न बैंकहरूलाई कठिनाई भइरहेको छ ।
दोस्रो, आयोजनाका केही लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरूमा प्रमुख प्रवर्धक वा सञ्चालक छन्। नियामकीय प्रावधान अनुसार, त्यस्ता लगानीकर्ताले आफ्नै संस्थाबाट ऋण लिन नपाउने हुँदा लगानी जुटाउन थप चुनौती थपिएको छ । आयोजना प्रवर्धक तमोर इनर्जीका अध्यक्ष पुष्पज्योति ढुंगाना हुन्।
‘मुख्यतः यी दुई कारणले गर्दा आयोजनाको वित्तीय व्यवस्थापनमा जटिलता सिर्जना भएको हो,’ वित्तीय संस्थाका तर्फबाट ऋण सुनिश्चितताको नेतृत्व गरेका एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘अहिले भएको प्राथमिक क्लोजर हो, अन्तिम फाइनान्सियल क्लोजर हुन बाँकी छ। पछिसम्म पनि ऋण जुट्न सकेन भने लगानी संरचना पुनर्गठन गर्ने छौं।’
एभरेष्ट बैंकको नेतृत्वमा सहवित्तीयकरण गर्न तयार रहेका कृषि विकास, प्रभु, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, नेपाल एसबीआई, कामना सेवा विकास र गरिमा विकास बैंक तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीले ३८ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका थिए।
आयोजनामा ७० प्रतिशत बैंक ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी (साधारण सेयर समेत) को संरचना तय गरिएको छ। ३८ अर्बमा २० अर्ब रुपैयाँ मात्र जुट्दा १८ अर्ब रुपैयाँ अभाव हुने देखिएको छ। यो १८ अर्ब रुपैयाँ पनि सर्वसाधारणलाई सेयर जारी गरेर उठाइने भएको छ। यसो हुँदा सर्वसाधारणलाई दिइने सेयर हिस्सा बढ्ने छ ।
‘बैंकहरुले ठूला परियोजनामा सजिलै ऋण दिन सकिने अवस्था छैन भन्ने देखिन्छ,’ परियोजनामा संलग्न एक बैंकरले भने, ‘यसले नेपालको जलविद्युत क्षेत्रमा निजी लगानीको वास्तविक अवस्था पनि देखाउँछ। सरकार र निजी क्षेत्रबीच बलियो समन्वय र सहकार्यको खाँचो छ भन्ने पनि देखाउँछ। त्यसैले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने हो भने नियामकीय व्यवस्थाहरुमा लचकता अपनाउनै पर्छ।’ सरकारले सन् २०३० सम्ममा २८००० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। लाइसेन्स पाएको दुई वर्षभित्र फाइनान्सियल क्लोजर गरिसक्नु पर्छ। निर्धारित समयमा फाइनान्सियल क्लोजर हुन नसकेमा एक–एक वर्षका दरले दुई पटकसम्म समय थप्न पाउने प्रावधान छ।
लाइसेन्सको समय थप्नका लागि समयमा नै जानकारी नगराए रोयल्टीमा थप २५ प्रतिशत जरिवाना समेत लाग्ने व्यवस्था छ। आयोजनाको लाइसेन्स २०७५ जेठ २७ जारी गरिएको थियो।
तमोर इनर्जीले अहिले ३७.५ मेगावाट क्षमताको तमोर–५ र २१ मेगावाट क्षमताको पालुनखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। उसले निर्माण गरेका ४४ मेगावाटको सुपर मादी, १५ मेगावाटको हेवा खोला ए र १ मेगावाटको पाती खोला जलविद्युत आयोजना हाल सञ्चालनमा छन्।निजी क्षेत्रका तर्फबाट बनाइएको अहिलेसम्मकै ठूलो आयोजना ८६ मेगावाट क्षमताको सोलुखोला जलविद्युत हो। यो आयोजना साहस ऊर्जाले निर्माण गरेको हो।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकामा पर्ने अर्धजलाशययुक्त आयोजनामा ५७ मेगावाट क्षमताका ५ वटा पेल्टन टर्बाइन जडान हुनेछन्।
८ लाख घनमिटर पानी सञ्चित गर्ने क्षमताको मुख्य पोखरी, ८.७ किलोमिटर लामो भूमिगत हेडरेस टनेल र भूमिगत पावरहाउस फक्ताङलुङ गाँउपालिकामा रहने छन्। टेलरेस भने फुङलिङ नगरपालिकामा रहनेछ। आयोजना २०८९ जेठ १९ सम्ममा निर्माण गरिसक्ने लक्ष्य छ।
आयोजनाबाट वार्षिक १६५५ गिगावाटआवर विद्युत उत्पादन हुने अनुमान छ। आयोजनाबाट उत्पादित विद्युत २२० केभीको करिब १५ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइनमार्फत ढुंगेसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा जोडिने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।