logo

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे दलहरुबीच सहमति जुटाउन संसदीय उपसमिति गठन

    572   पटक पढिएको


२७ भदौ/अर्थ र व्यापार– प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको छ । बिहीबार बसेको समिति बैठकमा यो विषयमा छलफल भएको थियो ।
समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले अख्तियारको क्षेत्राधिकारबारे पहिले प्रस्ट हुनुपर्ने बताए । ‘पहिला निजी क्षेत्रमा अख्तियार जान पाउने कि नपाउने भन्ने टुंग्याउनु पर्छ,’ उनले भने, ‘सरकारी पैसा निजीमा गए त्यो पैसा मात्र हेर्न पाउने हो कि पूरै भन्ने कुरा छ। पहिले सिद्धान्त स्पस्ट हुनुपर्छ।’
गृहमन्त्री लेखकले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने ? भन्नेमा प्रष्ट हुनुपर्ने बताए । प्रवेश गर्न नहुनेमा आम सहमति देखिए पनि सरकारी रकम गएको हकमा के गर्ने भन्ने विषयमा पनि प्रष्ट हुनुपर्ने बताए ।
समिति सभापति रामहरि खतिवडाले यी प्रश्नको जवाफ खोज्ने काम उपसमितिले गर्ने गरी निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्राबधानलाई थाती राखेर छलफल अगाडि बढाए । ‘अब यो विषयमा सब कमिटीले थप काम गर्नेगरी यो प्रावधान थाती राखेर अगाडि ग¥यौं’, सभापति खतिवडाले भने ।
उपसमितिमा कांग्रेसबाट हृदराम थानी, राप्रपाबाट बुद्धिमान तामाङ, एमालेबाट रघुजी पन्त, माओवादीबाट हितराज पाण्डे, जसपाबाट अशोक राई, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, रास्वपाबाट चन्दा कार्की र लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल पनि उपसमिति सदस्य छन् । निजी क्षेत्रमा हुने भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिने÷नदिने विषयमा दलहरु विभाजित भएका हुन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजी क्षेत्रमा अख्तियारको प्रवेशलाई लिएर दलहरु विभाजित भएका कारण सो समितिको बिहिबार बसेको बैठकले सहमति जुटाउन ९ सदस्यीय उपसिमित गठन गरेको हो ।
भ्रष्टाचार निवारणसम्बन्धी विधेयकमाथि दफाबार छलफलका क्रममा दलहरुको फरक फरक मत आएपछि उपसमिति गठन गरिएको हो।
विधेयकको दफा २ को (ग) मा सार्वजनिक संस्था सम्बन्धी व्यवस्था राखिएको छ। मेडिकल कलेज र बैंकलाई सार्वजनिक संस्थामा राखिएकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी त्यसको विपक्षमा देखिएका छन्। कांग्रेस सांसद हृदयराम थानी र एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले मेडिकल कलेज र बैंकलाई सार्वजनिक संस्थामा राख्न नहुने बताए।
निजी क्षेत्रले विधेयक संसद्मा दर्ता भएदेखि नै अख्तियारलाई प्रवेश गर्न दिन लबिइङ गर्दै आएको छ। प्रमुख सत्तारुढ नेपाली कांग्रेसले अख्तियारले सार्वजनिक क्षेत्रको भ्रष्टाचार छानबिनमै प्रभावकारी काम गर्न नसकेको भन्दै निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुने बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।