logo

पूर्वाधार सम्मेलन सुरु, विभिन्न देशका प्रतिनिधी सहभागी

    445   पटक पढिएको


२७ भदौ/अर्थ र व्यापार– नेपाल उद्योग परिसंघको आयोजनामा काठमाडौंमा नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ। बिहिबार र शुक्रबार दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसँगै अन्य देशहरुबाट विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएका छन्।
दक्षिण कोरिया, भारत, चीन, मलेसिया, थाइल्यान्ड लगायतका देशका प्रतिनिधिले विभिन्न सत्रमा आफ्नो देशमा गरिएका पूर्वाधार विकासमा हासिल गरेर अनुभवसहित महत्त्वपूर्ण सन्देश दिँदैछन्।
सडक, ऊर्जा, रेल, रियल इस्टेट, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सूचना प्रविधि, व्यापारसहितका अन्य पूर्वाधारका क्षेत्रका विषयमा विमर्श हुनेछ।
नेपालको पूर्वाधार विकासका विविध आयाम बारे सम्मेलनमा प्यानल डिस्कसन हुनेछ। बिहिबार चारवटा प्यानल सेसन हुँदैछ। अपराह्न साढे ४ बजे सम्मेलनको उद्घाटन सत्र हुनेछ।
बिहिबारको सत्रमा दिगो पूर्वाधार निर्माण, क्षेत्रीय पूर्वाधार तथा इन्ट्रिगेसन, पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता र वित्त, मौद्रिक तथा अन्य नियामकीय नीतिहरुको विषयमा प्यानल डिस्कसन हुँदैछ।
उद्घाटन सत्रमा पूर्वाधार विकास र एसियाली पूर्वाधार विकासको ५० वर्षसहितमा छलफल हुने सीएनआईले जनाएको छ। दुई दिने सम्मेलनमा सहभागी हुन पूर्वाधार क्षेत्रमा ख्याति कमाएका अन्तर्राष्ट्रिय व्यक्तित्व सहभागी हुँदैछन्।
एसियाली विकास बैंक(एडीबी)का पूर्वसल्लाहकार मनमोहन प्रकाश, एयर एसिया एभिएसन ग्रुपका प्रमुख कार्यकारी अधिकृत बो लिंगम, टाटा प्रोजेक्टका प्रमुख कार्यकारी अधिकृत विनायक पाई, मिनोकन्सल्ट मलेसियाका डा. ड्यानिस ज्ञानेन्द्र लगायत सहभागी हुँदैछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।