logo

कोरोना बीमाको दाबी भुक्तानी माग गर्दै बीमा कम्पनी सर्वोच्चमा, सोमबारका लागि तोकियो पेसी

    404   पटक पढिएको

२३ भदौ/अर्थ र व्यापार – कोरोना बीमाको दाबी भुक्तानी माग गर्दै निर्जीवन बीमा कम्पनीका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले आइतबार सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको हो।
सरकारले सम्झौताअनुसार रकम उपलब्ध नगराउँदा कम्पनीहरुले दाबी भुक्तानी दिन नसकेको संघको जिकिर छ । कोरोना बीमा गरेर संक्रमित भएको प्रमाण पेस गरे पनि धेरैजनाले दाबी रकम भुक्तानी पाएका छैनन्। ३ वर्षदेखि भुक्तानी रोकिएको छ।
सरकारले बीमाको रकम भुक्तानी नगरेपछि कम्पनीहरु सर्वोच्च गएका हुन्। सरकारले कोभिड–१९ बीमाको १० अर्ब रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत कोरोना बीमा गर्ने घोषणा गरेको थियो।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत १ लाख रुपैयाँसम्मको सामूहिक कोरोना बीमा गर्दा लाग्ने वार्षिक शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने घोषणा गरेका थिए । त्यस्तै, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको बीमा दायित्व शुल्क सरकारले व्यहोर्ने उल्लेख गरेका थिए।
खतिवडाले बजेटमार्फत घोषणा गरेको सोही व्यवस्थालाई आधार मानेर बीमा प्राधिकरणले अर्थ मन्त्रालय र बीमा कम्पनीहरुको समन्वयमा कोरोना बीमा मापदण्ड २०७७ जारी गरेको थियो।
मापदण्ड अनुसार १ अर्ब रुपैयाँको दायित्व बीमा कम्पनी, १ अर्बभन्दा माथि २ अर्ब रुपैयाँसम्म नेपाल रि–इन्स्योरेन्स, २ अर्बभन्दामाथि २.५ अर्ब रुपैयाँसम्म बीमकको महाविपत्ति कोषबाट व्यहोर्ने तय भएको थियो। त्यस्तै, २.५ अर्बमाथि ३.५ अर्ब रुपैयाँसम्मको दायित्व प्राधिकरण र ३.५ अर्बभन्दा बढीको दायित्व सरकारले व्यहोर्ने व्यवस्थासहित कोरोना बीमा सुरु गरिएको थियो। इन्स्योरेन्स कम्पनी र प्राधिकरणले मापदण्ड अनुसारको दायित्व भुक्तानी गरे पनि सरकार भने दायित्वबाट पन्छियो।
बीमाको विश्वव्यापी सिद्धान्तविपरीत गएर कोभिड–१९ बीमा गराउँदा सरकार आफैंले दायित्व भुक्तानी गर्न सकेन। प्राधिकरणका अधिकारीका अनुसार कोरोना बीमाको १४ अर्ब रुपैयाँ दाबी परेकामा सरकारले १० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । स्रोत नभएका कारण सरकार पन्छिंदै आएको छ।रिटमा सुनुवाइ गर्न सोमबारका लागि पेसी तोकिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।