logo

बाफिया र अख्तियारको चासोबारे निजी क्षेत्रको एउटै स्वर,‘लगानी निरुत्साहित तुल्याउने गल्ती नगरौं’

निजी क्षेत्रको भूमिकालाई सरकारले राम्रोसित बुझेको छ : अर्थमन्त्री पौडेल

    756   पटक पढिएको



७ भदौ/अर्थ र व्यापार – उद्योगी व्यवसायीहरुले आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति चाहिनेमा सरकारले झन् निरुत्साहित गर्न खोजेको भन्दै लगानी खुम्चिएर अर्थतन्त्र थप समस्यामा पर्ने चेतावनी दिएका छन्।
नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र राख्नेदेखि बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी सेयर हुनेले ऋण लिन नपाउने प्रस्ताव निजी क्षेत्रलाई हतोत्साहित बनाउने खालको भएको बताएका छन् ।
उनीहरुले बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाले लगानी खुम्चिने चेतावनी दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा स्वामित्व भएका उद्योगी व्यवसायीले ऋण लगानी गर्न नपाउने व्यवस्थाले कसरी आर्थिक वृद्धि हुन्छ भनी प्रश्न गरे। ‘बैंकमा स्वामित्व भएकै कारण उत्पादन र रोजगारी सिर्जना गर्ने अवसर कसरी प्राप्त हुन्छ? रोजगारी र राजस्व बढाउनुपर्ने बेला यस्तो कानुन किन बनाउँदै छौं ?,’ उनले प्रश्न गरे।
ऋण दुरुपयोग भएको भए राष्ट्र बैंकले नियमन बढाउनुपर्ने भन्दै लगानीलाई नियन्त्रित र संकुचित गर्ने गरी कानुन नबनाउन आग्रह गर्दै ढकालले भने, ‘ऋण दुरुपयोग भएको छ भने हेरौं, तर लगानीलाई नियन्त्रित गर्ने काम नगरौं । ’
बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमा एक प्रतिशतभन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने प्रस्ताव छ । सरकारले गत ५ चैतमा संसद्मा दर्ता गराएको यो विधेयक अहिले प्रतिनिधि सभाको अर्थ समितिमा दफाबार छलफलका क्रममा छ।
उनले निजी क्षेत्रमा अख्तियारको चासोले पनि नकारात्मक सन्देश गइरहेको बताए। ‘अख्तियारले निजी क्षेत्रलाई आफ्नो क्षेत्राधिकार भित्र राख्ने व्यवस्था कानुनमा गर्न चाहेको कुराले त्रासको वातावरण सिर्जना भएको छ,’ ढकालले भने।
अख्तियारले निजी क्षेत्रमा हुने भ्रष्टाचार हेर्न पाउनुपर्ने माग गरेको विधेयक अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दफाबार छलफलका क्रममा छ। उनले सरकार परिवर्तनका साथै मौद्रिक नीतिमा गरिएको लचिलो व्यवस्थाले सेयर बजारमा उत्साह देखिएको भन्दै मुलुकमा आर्थिक वृद्धिका लागि कम्तिमा १० वर्षका लागि स्थिर नीति आश्यक रहेको बताए।
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र २ वर्षदेखि शिथिल अवस्थामा रहेकाले निजी क्षेत्रले अहिले सरकारबाट प्रोत्साहन खोजिरहेको बताए। उनले नीतिगत स्थिरतामा पनि जोड दिए।
‘लगानीकर्ताले आज भएको व्यवस्थालाई हेरेर लगानी गर्छ। नीति चाँडो फेर्दा लगानी जोखिममा पर्छ। जहाँ अन्योल हुन्छ त्यहाँ लगानीको निर्णय गर्न गाह्रो हुन्छ। त्यसैले लगानीकर्तालाई प्रोत्साहित गर्न नीतिगत स्थिरता चाहिन्छ,’ उनले भने, ‘त्यसो भए स्वदेशी लगानी मात्र बढ्दैन, विदेशी लगानीकर्ता पनि आकर्षित हुन्छन्।’
उनले निजी क्षेत्रलाई अख्तियारले आफ्नो क्षेत्राधिकारभित्र राख्न चाहेकामा असन्तुष्टि जनाए। ‘निजी क्षेत्रलाई नियमन गर्ने २ दर्जन निकाय छन्। यस्तो बेला अख्तियारले पनि हेर्ने गरी कानुन बनाउने कुरा भइरहेको छ। यसो भयो भने निजी क्षेत्र कसरी सबल र बलियो होला ?,’ उनले प्रश्न गर्दै भने, ‘निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्छ। ऐन नियम त्यही खालको हुनुपर्छ।’
नेपाल उद्योग तथा व्यवसायी महासंघले काठमाडौंमा गरेको कार्यक्रममा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रमा अख्तियारलाई प्रवेश गराए लगानी निरुत्साहित हुने बताए ।
‘नियमनकारी निकायले अनावश्यक दुःख दिइरहेका बेला प्रोत्साहन गर्ने नीति चाहिनेमा निजी क्षेत्रमा अख्तियारलाई प्रवेश गराए लगानी गर्न को उत्साहित हुन्छ?,’ उनले प्रश्न गरे।
उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमा गरिएको एक प्रतिशतभन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने प्रस्ताव संशोधनको आवश्यकतामा जोड दिए। ‘कानुनमै लगानी खुम्च्याउने खालको व्यवस्था भयो भने निजी क्षेत्र कसरी फस्टाउँछ?,’ उनले भने।
उनले निजी क्षेत्र उत्साहित हुँदा राजस्व बढ्ने कुरा पछिल्लो एक महिनामा सेयर बजारबाट देखिएको बताए। ‘सेयर बजारबाट एक महिनामै साढे ४ अर्ब रुपैयाँ उठ्यो। यसले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति चाहिन्छ भन्ने स्पष्ट पार्छ,’ उनले भने।
उनले सरकारले यसअघि लिएका नीतिकै कारण अर्थतन्त्र लामो समयदेखि शिथिलता भएको भन्दै निजी क्षेत्रमैत्री हुने गरी कानुनमा सुधार गर्न आग्रह गरे। नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भगिरथ सापकोटाले यस कार्यक्रम आयोजना गर्नुको उदेश्य र महत्वबारे जानकारी गराएका थिए ।
व्यवसायीको कुरा सुनेपछि उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले निजी क्षेत्रको भूमिकालाई सरकारले राम्रोसित बुझेको भन्दै सरकारले व्यवसायीलाई उत्साहित बनाएर अघिबढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले अहिले अर्थतन्त्रका सबै सुचकहरु राम्रो भएको दावी गरे । उनले निजी क्षेत्रलाई समस्या समाधानकालागि सरकारसँग सहकार्यगरि छलफल र वार्तामा आउन आग्रह गरे । उनले मागपत्र होइन समाधानकोलागि छलफलमा आउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।