logo

कुचिएका र म्याद गुज्रिएका ग्यास सिलिण्डर बजारमा नपठाउने उद्योगीको प्रतिबद्धता

    394   पटक पढिएको


२९ साउन/अर्थ र व्यापार – ग्यास उद्योगीले कुचिएका र म्याद गुज्रिएका सिलिण्डर बजारमा नपठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आयल निगमले मंगलबार बोलाएको बिक्रेतासहितको छलफलमा उद्योगीले असुरक्षित सिलिण्डर बजारमा नपठाउने प्रतिबद्धता जनाएका हुन्।
‘कुचिएर कामै नलाग्ने सिलिण्डरमा समेत ग्यास भरेर पठाउने गरिएको भेटिएको थियो। त्यसलाई रोक्ने प्रतिबद्धता उद्योगीबाट आएको छ,’ निगमका एक कर्मचारीले भने, ‘बिक्रेताले पनि उद्योगबाट आएका त्यस्ता सिलिण्डर उपभोक्तालाई नदिने प्रतिबद्धता जनाएका छन्।’

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बजारमा असुरक्षित सिलिण्डर गएको प्रति गम्भीर चासो व्यक्त गरेपछि उद्योगी र बिक्रेताले सो प्रतिबद्धता जनाएका हुन्।
ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र थापाले उपभोक्ताप्रति जवाफदेही हुनुपर्ने भन्दै सुरक्षित ग्यास पु¥याउन प्रतिबद्ध रहेको बताए।
निगमले चारवर्षसम्म ग्यास बोटलिङ प्लान्टको अनुगमन नगरेपछि केही उद्योगीले कामै नलाग्ने सिलिण्डरमा ग्यास भरेर पठाउन थालेका थिए।
अहिले गरिएको अनुगमनको क्रममा उपत्यकामै सगरमाथा ग्यास उद्योगले असुरक्षित सिलिण्डरमा ग्यास भरेर पठाएको भेटिएको थियो। त्यसपछि निगमले काभ्रेमा रहेको सो उद्योगको अनुगमन गरेको थिया े। अनुगमनका क्रममा १२५ वटा सिलिण्डर कामै नलाग्ने भेटिएका थिए।
असुरक्षित रुपमा ग्यास बिक्री वितरण गरेको पाइएपछि निगमले सगरमाथा ग्यासको खरीद आदेश रोक्का राखेको छ । निगमले देशभर रहेका ग्यास बोटलिङ प्लान्टको समेत अनुगमन गर्ने निर्णय गरिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।