logo

१४ वटै लाइफ इन्स्योरेन्सको व्यापार बढ्यो, १ खर्ब साढे ५६ अर्ब प्रिमियम संकलन

    364   पटक पढिएको

 

२३ साउन/अर्थ र व्यापार – आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुले व्यवसाय वृद्धि गरेका छन्। अर्थतन्त्रमा देखिएको शिथिलताका बाबजुत कम्पनीहरुले बीमा प्रिमियम आर्जन बढाएका हुन।नेपाल बीमा प्राधिकरणका अनुसार गत आवमा माइक्रो सहित लाइफ इन्स्योरेन्स कम्पनीहरुले १ खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन्।कम्पनीको यो व्यवसाय अघिल्लो वर्षभन्दा ९ दशमलब ९४ प्रतिशतले धेरै हो। २०७९÷८० मा लाइफ इन्स्योरेन्सले १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेका थिए।१४ वटै लाइफ इन्स्योरेन्स कम्पनीको व्यापार बढेको छ। कम्पनीहरुले प्रथम बीमा शुल्क १०.५० प्रतिशतले बढाएका छन्।अघिल्लो वर्ष ३१ अर्ब २३ करोड प्रथम बीमा प्रिमियम संकलन गरेका कम्पनीहरुले पोहोर ३४ अर्ब ५१ करोड रुपैयाँको व्यापार विस्तार गरेका हुन्।सक्रिय बीमा पोलिसी संख्या भने घटेको छ। २०७९ असार मसान्तमा १ करोड ४१ लाख ३७ हजार सक्रिय बीमा पोलिसीको संख्या रहेकामा २०८० असार मसान्तसम्म आइपुग्दा १ करोड ३८ लाख ८१ हजारमा सीमित भएको छ।गत वर्ष नेपाल लाइफ एक्लैले ४० अर्ब ८५ करोड रुपैयाँ बीमा प्रिमियम संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३७ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको थियो।सन नेपाल लाइफले सबैभन्दा न्यून ३ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा २.६३ प्रतिशतले व्यापार बढाएको हो।

तथ्यांकमा जीवन बीमा कम्पनी व्यापार
जीवन बीमा  कम्पनी   २०८०/८१ (रु लाखमा)   २०७९/८० (रु लाखमा)       फरक 

             नेपाल लाइफ    ४०८५०५.७२    ३७१७५१.२७                  ९.८९

नेसनल       १९२०३५.५९          १६४३११.९८                           १६.८७

लाइफ इन्स्योरेन्स कर्पोरेसन      १८१०७५.०७      १७४६१४.५०         ३.७

हिमालयन       १६६०८०.०६        १४८९४६.२५                   ११.५

सूर्यज्योति            ९५००७.२०           ८८११५.६५            ७.८२

राष्ट्रिय जीवन बीमा कम्पनी         ८७१४८.९१   ८३०९८.७२     ४.८७

एसियन           ८०५४८.७१      ७०१६९.५७                  १४.७९

सिटिजन              ६२१५३.३९     ५८९५६.१९            ५.४२

सानिमा रिलायन्स      ६१८९०.६३      ५६७०६.३७        ९.१४ 

मेट लाइफ         ५६७८९.३६    ५२६२२.३९            ७.९२

आइएमई लाइफ      ४७४१२.०३    ४१८४६.७७        १३.३

प्रभु महालक्ष्मी          ४३७२३.८९   ३६५९५.३७         १९.४८

रिलायबल नेपाल         ४२०९०.०१  ३७९५९.२४         १०.८८

सन नेपाल           ३८८५४.१५      ३७८५९.८१         २.६३

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।