logo

हिंसा भड्किएपछि बंगलादेशको ढाकाबाट काठमाडौं आइपुगे ५६ विद्यार्थी, आइतबारसम्म करिब साढे ८ सय विद्यार्थी नेपाल आए

    660   पटक पढिएको


६ साउन/अर्थ र व्यापार – बंगलादेशमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । उनीहरू विमान बंगलादेशको हवाईजहाज मार्फत काठमाडौं आएका हुन् ।
आन्दोलनको चपेटामा परेको बंगलादेशबाट आइतबारसम्म करिब साढे ८ सय नेपाली विद्यार्थी नेपाल आएका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा सम्बन्धित सीमामा पठाउन ढाकास्थित नेपाली दूतावासले समन्वय गरेको परराष्ट्र मन्त्रालयले बताएको छ ।
‘नेपाली दूतावास बंगलादेशस्थित विश्वविद्यालयहरु, सम्बन्धित निकायहरु तथा कानून कार्यान्वयन गर्ने एजेन्सीहरुसँग समन्वय गरिरहेको छ, नेपाल सरकार बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध छ,’ मन्त्रालयले भनेको छ ।
यसैबीच, परराष्ट्र मन्त्रालयले समस्यामा रहेका नेपाली विद्यार्थी वा उनीहरुका अभिभावकले अनलाइन आवेदन दिन सक्ने प्रणाली शुरु गरेको छ । समस्यामा परेका नेपाली विद्यार्थी तथा अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले स्थापना गरेको लिङ्कमा गएर अनलाइन निवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।
निवेदन बंगलादेशबाट मात्रै होइन आफन्ताहरुले नेपालबाट दिन सक्ने परराष्ट्रले जनाएको छ । https://legal.nepalconsular.gov.np/passport गएर आवश्यक विवरण भरी फर्म सबमिट गरेर जानकारी गराउन सकिने परराष्ट्रले जनाएको छ । साथै, देहायबमोजिमका व्यक्तिहरूलाई प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी गराउन सकिने परराष्ट्रले जनाएको छ ।

परराष्ट्र मन्त्रालय, काठमाडौंमा महेश्वरमणि त्रिपाठीलाक्ई फोन नं. +९७७९८५११६६९८७ र इमेलः [email protected] मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । त्यस्तै नेपाली राजदूतावास, ढाकामा द्वितीय सचिव योजना बम्जनलाई फोन नं. +८८०१८८०६९१०१३ र इमेल [email protected][email protected] तथा रिया क्षेत्रीलाई फोन नं. +८८०१७४५४०७९५८ र ईमेलः [email protected] सम्पर्कगरी आवश्यक जानकारी दिन सकिने मन्त्रालयले जनाएको छ ।

बङ्गलादेशबाट हालसालै नेपाल फर्किएका वा अब फर्कने नेपाली विद्यार्थीहरूले आफ्नो नाम, राहदानी नं. एवं आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना तथा अहिले नेपाल आएको मिति समेतको विवरण देहायको इमेल मार्फत् परराष्ट्र मन्त्रालयमा जानकारी गराइदिन पनि मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।