logo

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधारका लागि कार्ययोजना बनाइँदै

    425   पटक पढिएको


६ साउन/अर्थ र व्यापार – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग क्षेत्रको सुधारका लागि कार्ययोजना बनाउने भएको छ ।
निजी क्षेत्र तथा अन्य सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारीले मन्त्रालयले समग्र उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधारको कार्ययोजना बनाउने बताएका हुन्।
मन्त्री भण्डारीले कार्ययोजना निर्माण गरेर सोही बमोजिम काम गर्ने जानकारी दिए । उनले एक महिनाभित्र परिणाम देखिने गरेर काम गर्न एजेन्डासहित सबैसँग छलफल गर्ने जानकारी दिए।
मन्त्रालयमा आयोजित छलफलमा भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम एक महिनामा परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौती मन्त्रालयसमक्ष रहेको बताए । ‘जसका लागि सबै निकायसँग छलफल सुरु गरेका छौँ। छलफलको पहिलो चरणमा निजी क्षेत्रका छाता संगठन, पूर्वमन्त्री र पूर्वकर्मचारीसँग चरणबद्ध छलफल गर्नेछौँ,’ उनले भने।
सबैसँगको छलफल सकेपछि मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधार कार्ययोजना बनाउने उनको भनाइ छ । सुधार कार्ययोजना बनाएर सोही अनुरुप मन्त्रालय अघि बढ्ने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।