logo

मौद्रिक नीति भोलि सार्वजनिक हुने,नयाँ व्यवस्थाले निजी क्षेत्रको आशा जगाउला त ?

    405   पटक पढिएको


३ असार/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले भोलि (शुक्रबार) चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार भोलि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको बुझिएको छ । ‘राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा छ, मौद्रिक नीतिको मस्यौदा फाइनल भइरहेको छ, भोलि नै सार्वजनिक गर्ने तयारी छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
यसपटक राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मौद्रिक नीतिमार्फत् केही नयाँपन दिन खोजिरहेका छन् । देशको अर्थतन्त्र चलायमान हुनेगरी लचिलो मौद्रिक नीति ल्याउने तयारीमा गभर्नर अधिकारी देखिएका छन्।
जसका कारण आगामी मौद्रिक नीति निजी क्षेत्रको आशा जगाउने खालको खुकुलो आउने अनुमान धेरैले गरेका छन । पछिल्लो समय मुलुकको बाह्य क्षेत्र सुधार भइसकेको र आन्तरिक क्षेत्र सुधार हुनेक्रममा रहेकाले मौद्रिक नीति पनि खुकुलो आउने राष्ट्र बैंक स्रोतको भनाइ छ ।
राष्ट्र बैंकका गभर्नर अधिकारीले मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यमा आधारित भएर आगामी मौद्रिक नीति आउने बताउँदै आएछन् । यसैगरी, बैंकिङ क्षेत्रलाई हालको चुनौतीसँग सामना गर्नसक्ने गरी यसपालीको मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ ।
कृषि र साना तथा मझौला उद्यममा बढी प्राथमिकता दिएर मौद्रिक नीति आउनेछ । वर्तमान अर्थतन्त्रमा संकचुन भएकाले यो समस्या समाधान हुनेगरी नीतिगत व्यवस्था मौद्रिक नीतिले गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक छ ।
बैंक ब्याजदर एकल अंक र बैंकिङ प्रणालीमा प्रयाप्त निक्षेप थुप्रिँदा पनि कर्जाको माग नहुनु अहिलेको मुख्य समस्याका बारेमा राम्रो बुझेको राष्ट्र बैंकले यसपाली महँगो ब्याजदरमा निक्षेप संकलन गरेर सस्तोमा राष्ट्र बैंकमा थुपार्नु परेको अवस्थालाई पनि हेरिरहेको छ । त्यसैले राष्ट्र बैंकसामु नीतिगत व्यवस्थामार्फत् कर्जाको माग बढाउनु पर्ने चुनौती छ । यो समस्याको समाधानका लागि उद्योगी/व्यवसायीले परियोजना धितोको कर्जा माग गरिरहेका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् युवाका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको अवस्था छ । अहिले मुख्य चुनौतीको रुपमा उत्पन्न भईरहेको युवाहरूको विदेश पलायनलाई रोक्न र स्वदेशमै राम्रो काम गर्ने वातावरण सिर्जना गर्नकालागि राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विशेष व्यवस्था गर्न लागेको छ । यसैगरि, राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विदेश जानबाट रोक्ने प्रयासमा युवाहरूका लागि बैंकमार्फत् सहुलियत ब्याजदरमा कर्जा दिन सक्ने किसिमको कार्यक्रम ल्याउन लागेको छ ।
अहिले उद्योगी व्यवसायी र बैंकरहरूले चालुपुँजी कर्जा निर्देशिका संशोधन हुनुपर्ने माग गरिरहेका छन् । पर्यटन क्षेत्रको विकासमा सिर्जनात्मक व्यवसायमा लगानी बढाउने र बैंकको कर्जा प्रवाह हुनेगरी व्यवस्था आउन सक्नेछ ।
कर्जाको जोखिमभार क्षेत्रगत आधारमा घटाउन सक्ने सम्भावना रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । यसपाली राष्ट्र बैंकले मौद्रिक नीति मार्फत उधारो उठाउने नीति ल्याउन सक्ने आँकल पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।