logo

अर्थमन्त्री पौडेलले उद्योगीलाई भने: निजी क्षेत्रको मनोबल उकास्न सरकारले सबै किसिमका प्रयत्न गर्छ

    466   पटक पढिएको


२ साउन/अर्थ र व्यापार – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले जुनसुकै उपाय लगाएर भएपनि बक्यौता भुक्तानी गर्ने बताएका छन्।
उनले बुधबार नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग भुक्तानी नपाएको समस्या चाँडै सम्बोधन गर्ने बताएका हुन्। ‘निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैन । राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ । अब गुनासो गरिरहने अवस्था आउँदैन,’ अर्थमन्त्री पौडेलले भने।
निर्माण व्यवसायीले सरकारबाट ४० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको बताउँदै आएका छन्। अर्थमन्त्री पौडेलले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद पनि समाधान गर्ने आश्वासन दिएका छन्।
‘यदि कसैले गैरकानुनी रुपले उद्योगीलाई दायित्व सिर्जना गरेको छ भने त्यो कोसिस सफल हुँदैन। अब तपाईंहरु डेलिगेसन आइरहनुपर्ने अवस्था रहँदैन,’ उनले भने, ‘तपाई्रहरुले आफूलाई निरीह, कमजोर र असहाय नठान्नु होला। सरकार निजी क्षेत्रको अविभावक भएकाले समाधान खोज्न तयार छ।’
उनले निजी क्षेत्रको मनोबल उकास्न सरकारले सबै किसिमका प्रयत्न गर्ने बताए। ‘अहिले माग र आपूर्ति घटेको छ। राजस्व बढ्न सकेको छैन। सबैभन्दा ठूलो मुख्य चुनौती भनेको मनोबल बढाउनु हो। तपाईंहरु उच्च मनोबलका साथ काम गर्नुहोस्। सरकार तपाईहरुसँगै छ। सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत, संरचनागत र व्यावहारिक सुधारमा हामी तयार छौं,’ उनले भने।
उनले सरकारले भूतप्रभावी कानुन नजगाउनेमा ढुक्क हुन पनि भनेका छन्। ‘सरकारले भूतप्रभावी कानुन जगाउँदैन। हिजो गरेका कामलाई आज कानुन बनाएर नियन्त्रण गर्ने दिशामा सरकार जाँदैन। निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने गुनासो गर्ने अवस्था आउन पनि दिनेछैनौं’ पौडेलले भने। उनले राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल बढाउने गरी मौद्रिक नीति ल्याउने बताए।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि निजी क्षेत्रको सहभागितामा उच्चस्तरीय संयन्त्र तयार पारिनुपर्ने बताए। ‘अहिले सर्वसाधारणदेखि उद्योगी व्यवसायीसम्म सबैको मनोबल खस्किएको र समग्र अर्थतन्त्र नै शिथिल भएको अवस्था छ। त्यसको निकासकालागि गम्भीर पहल आवश्यक छ,’ उनले भने।
उनले उद्योगी व्यवसायीले अहिले उत्साहित भएर नयाँ लगानी थप्नसक्ने अवस्था नरहेको बताए। ‘पर्याप्त तरलता र न्यून ब्याजदर हुँदा पनि लगानी भएको छैन। उद्योगी व्यवसायीले लिएको ऋणको साँवा ब्याज तिर्न सकेका छैनन्। नयाँ व्यवसायी बजारमा आउन सकेका छैनन्,’ उनले भने, ‘त्यसैले समस्या समाधानको पहल गर्न वित्तीय दायित्व नपर्ने गरी निजी क्षेत्रसहितको उच्चस्तरीय संयन्त्र बनाउन आवश्यक छ।’
महासंघले विकास आयोजनामा जग्गा प्राप्ति, पहुँच मार्ग, वातावरणीय प्रभाव मूल्यांकन लगायत कामलाई छिटोछरितो बनाउन, निर्माण व्यवसायीको बक्यौता चाँडो भुक्तानी गर्न, डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न माग गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।