logo

भुक्तानी नपाएका कारण निर्माण व्यवसायीको ज्यान गएको खबरले महासंघ मर्माहत

    494   पटक पढिएको

 

२० असार/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघले काम गरेबापत् रकम भुक्तानी नपाएकै कारण डडेल्धुराका एक निर्माण व्यवसायीको दुःखद निधन भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला निर्माण व्यवसायी संघ डडेल्धुराका कार्य समिति सदस्यसमेत रहेका व्यवसायी डम्बरदेव भट्ट (सन्तोष)को उपचारका क्रममा धनगढीमा गत १५ असारमा निधन भएको खबरबाट यस महासंघ मर्माहत भएको महासंघले जनाएको छ ।
डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–५ निवासी निर्माण व्यवसायी भट्टलाई घरनजिकैको जंगलमा घाँटीमा चक्कुले प्वाल परेको अवस्थामा फेला पारिएपछि स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारार्थ धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकामा उपचारको क्रममा उनको निधन भएको थियो ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयअन्तर्गतका ठेक्काको भुक्तानी सम्बन्धित कार्यालयबाट नआएपछि भट्टले आफू ठूलो आर्थिक समस्यामा परेको निकटस्थलाई बताएको जानकारीमा आएको महासंघले जनाएको छ ।
‘व्यवसायीको ठूलो रकम भुक्तानी नहुँदा उनीहरूले मानसिक रूपमा विक्षप्त भई ‘आत्मदाह’ गर्नसक्ने अत्यन्त विषम परिस्थितितर्फ यस महासंघले विगत केही महिनाअघिदेखि नै सरकारलगायत विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै सुनुवाइ नभएको विदितै छ’ महासंघका महासचिव रोशन दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा यस्तो भनिएको छ ।
महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार यस अर्थमा भट्टको मृत्युको जिम्मेवारी राज्यले नै लिनुपर्ने महासंघको दाबी छ । सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनपछि राज्यबाट व्यवसायीको करिब ४० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी नभए हजारौं निर्माण व्यवसायी आर्थिक रूपमा गम्भीर समस्यामा परेको महासंघले जनाएको छ ।
अब आर्थिक वर्ष समाप्त हुनै लाग्दासमेत सरकारले व्यवसायीको यति धेरै अर्बौंं रकम भुक्तानी गर्न कुनै तदारुकता नदेखाएमा अन्य व्यवसायीबाट समेत यस्तै दुःखद् घटना हुनसक्ने पीडादायी अवस्थाप्रति महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । यस्ता दुःखदायी घटना रोक्न आवश्यक पहल गर्नसमेत महासंघका महासचिव दाहालले सरकारसमक्ष जोडदार माग गरेका छन् ।
महासंघले व्यवसायी भट्टप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरी सो घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य तत्काल सार्वजनिक गर्नसमेत सरकारसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।