logo

आर्थिक गतिविधि सुस्ताउँदा दबाबमा बैंक, चालुपुँजी कर्जा मार्गदर्शनमा पुनरावलोकन गर्न सुझाव

    676   पटक पढिएको


९ असार/अर्थ र व्यापार – पूर्वबैंकर पर्शुराम कुँवर क्षत्रीले अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति डरलाग्दो अवस्थामा पुगेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन’ विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले आर्थिक गतिविधि सुस्त हुँदा त्यसले बैंकहरुको खराब कर्जाको बढ्न गई नाफा, पुँजीकोष र तरलतामा प्रभाव परेको बताए।
‘कमजोर नियमनले पनि बैंकको सम्पत्तिको गुणस्तर खस्कियो, बैंकबाट लिएको कर्जालाई अनुत्पादक क्षेत्रमा लगानी गर्न प्रश्रय मिल्यो, त्यसले सम्पत्तिको गुणस्तर खस्केर जोखिम सिर्जना भएको हो,’ उनले भने।
उनले बैंकहरुको खराब पाँच वर्षअघि १.८१ प्रतिशत रहेकामा अहिले ३.९८ प्रतिशत पुगेको भन्दै यसलाई ठूलो दबाबका रुपमा लिनुपर्ने बताए । उनका अनुसार २०७६ मा प्रोभिजनिङ ६९ अर्ब रहेकामा अहिले २ खर्ब ३३ अर्ब पुगेको छ । २०७६ मा गैरबैंकिङ सम्पत्ति साढे ६ अर्ब रहेकामा अहिले २७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
‘पाँच वर्षअघि रिटर्न अन इक्विटी (आरओई) प्रतिशत १२.५९ थियो, अहिले ७.६८ प्रतिशत छ,’ उनले भने, ‘यसले पनि बैंक कति दबाबमा छन् भन्ने देखिन्छ।’ उनले बैंकहरूको नाफामा गिरावट आउनुलाई पनि आर्थिक गतिविधिमा सुस्ततालाई मुख्य कारण भने। यसपालि १० वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ।
पूर्वबैंकर कुँवरले पुँजीकोषको दबाबकै कारण कर्जा नबढ्ने तर प्रोभिजनिङ बढ्ने अवस्था देखिएको बताए । उनले चालु पुँजी कर्जाको मार्गदर्शनमा पुनरावलोकन गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।