logo

खाद्यान्न आयातमा १० प्रतिशत अग्रिम आयकर लगाउनु उद्योगमाथिकै आक्रमण : अध्यक्ष दुगड

    712   पटक पढिएको


२३ जेठ/अर्थ र व्यापार – नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले सरकारले २०८१/८२ को आर्थिक विधेयकमार्फत दाल लगायतका खाद्यान्न आयातमा १० प्रतिशत अग्रिम आयकर लगाउनु उद्योगमाथिकै आक्रमण भएको बताएका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले सरकारी प्रावधान सरकारले नसच्च्याए ६ महिनाभित्र खाद्यान्न उद्योग बन्द हुने चेतावनी दिएका छन् ।
नयाँ कर नीतिले खाद्यान्नको भाउ २० प्रतिशतसम्म महँगिने भन्दै उनले यसले उद्योगीसँगै उपभोक्तामाथि राज्यले चरम अन्याय गरेको बताए । धानमा साढे २७ प्रतिशतसम्म कर लाग्ने अवस्थामा थप कर लगाउँदा उद्योग धरासायी हुने भन्दै उनले चिन्ता व्यक्त गरे।
हाल उद्योगहरू अहिले ३०–४० प्रतिशत संचालन भइरहेको अवस्थामा उद्योग जोगाउन १० प्रतिशत अग्रिम कर हटाउनुपर्ने भन्दै उनले सरकारसँग आग्रह गरे।
‘चामलमा बजेटपछि १ सय रुपैयाँ भाउ बढिसकेको अवस्थामा अग्रिम करका कारण थप १ सय रुपैयाँ बढ्छ। दालमा १०–१५ प्रतिशत भाउ बढ्ने स्थिति छ । यो दुःखद अवस्था हो। कर वृद्धिले भारतबाट अवैध आयात मौलाउने छ,’ दुगडले भने।
सरकारले दाल, चामल र मैदा उद्योगको कच्चा दाल, गेडागुडीमा १० प्रतिशत तथा धान र गहुँ आयातमा २.५ प्रतिशत अग्रिम आयकर लगाउने नीति लिएको छ । सरकारको यो नीतिविरुद्ध उद्योगीहरूले आवाज उठाइरहेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।