logo

अर्थ मन्त्रालयमा आर्थिक अराजकता र अनुशासनहीनता मौलायो

बजेटबिनै ५ खर्ब ८५ अर्ब रुपैयाँ स्रोत सुनिश्चितताको पत्र, यो के हो ?

    455   पटक पढिएको



२१ जेठ/अर्थ र व्यापार – सरकारमा सहभागी दल नेकपा एमालेका सांसद रघुजी पन्तले अर्थ मन्त्रालयमा आर्थिक अराजकता र अनुशासनहीनता मौलाएको बताएका छन्।
उनले आगामी आर्थिक वर्षको बजेटमाथि सोमबार प्रतिनिधि सभामा सैद्धान्तिक छलफलका क्रममा मन्त्रालयले बजेट बिना नै जथाभावी रुपमा स्रोत सुनिश्चितताको पत्र बाँडिरहेको र त्यही कारण विकास आयोजना अलपत्र परिरहेको बताए।
‘अर्थ मन्त्रालयले बजेटबिनै ५ खर्ब ८५ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता दिइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । अब यसपाली अगाडि बढाउने भनेका योजनामा बजेट कहाँबाट आउँछ?,’ उनले भने, ‘यसले अर्थ मन्त्रालयमा रहेको आर्थिक अराजकता र अनुशासनहीनतालाई देखाउँछ । बिचरा वर्षमान पुनले मात्र दिएको होइन होला। खोज्नु प¥यो कुन कुन अर्थमन्त्रीको पालामा दिइयो? धेरै त योभन्दा अगाडिका अर्थमन्त्रीको पालाको होला। स्रोत सुनिश्चितता गरेपछि टेण्डर गर्न पाइन्छ। तर, ठेकेदारले पैसा पाउँदैन। अनि काम हुन्छ?’
बजेटपछि अर्थमन्त्रीले पहुँचका आधारमा स्रोत सुनिश्चितता दिने विकृति पुरानै हो। आफ्नो क्षेत्रका विकास आयोजनामा स्रोत सुनिश्चितताका लागि अर्थमन्त्रीलाई दबाब दिनेहरु सांसद पन्त जस्तै नेताहरु हुन्।
उदाहरणका रुपमा यसअघिका अर्थमन्त्री डा.प्रकाशशरण महतले कांग्रेस नेता कार्यकर्ताको दबाबमा गत कात्तिक १९ गते भक्तपुर–नगरकोट–सिपाघाट–त्रिशुली–छहरे– विदुर सडक योजनाको तिनपिप्ले–रानीपौवा सडक खण्डको स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेका थिए।
अर्थमन्त्री वर्षमान पुनलाई उनले जिम्मेवारी सम्हालेको एक साता नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्ल र यसअघिका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो गृहजिल्ला सल्यानमा सितलपाटी–खलंगा–बालुवासंग्रही खण्डका लागि १ अर्ब ८० करोड र सितलपाटी–बाघचौर–खौलाखण्डका लागि १ अर्ब २० करोड रुपैयाँको स्रोत सुनिश्चितता गराउन दबाब दिएका थिए।
जथाभावी स्रोत सुनिश्चितताको विकृति मौलाएकै कारण विकास निर्माणका काम अलपत्र पर्ने र निर्माण व्यवसायीले भुक्तानी नपाउने समस्याले रोगकै रुप लिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।