logo

संसदमा सुरुभयो बजेटमाथिको छलफल , निजी क्षेत्रको मनोबल खस्किन नदिन कर धेरै चलाइएन :अर्थमन्त्री

    478   पटक पढिएको


२० जेठ/अर्थ र व्यापार – आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा सामान्य छलफल सुरु भएको छ । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनको प्रस्तावमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल सुरु भएको हो।
अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले निजि क्षेत्रको मनोबल खस्किन नदिन करका दर धेरै हेरफेर नगरेको बताए।
‘अर्थतन्त्र अप्ठेरोमा रहेकाले करका दरमा धेरै चलाइएको छैन। निजी क्षेत्रमा कर नीतिमा अस्थिरताको सन्देश नजाओस् भनी धेरै नचलाइएको हो,’ उनले भने ‘स्वदेशी उत्पादन र उद्योगलाई संरक्षण गर्ने ठाउँमा मात्र चलाइएको छ।’
उनले सन्तुलित रुपमा आएको भनेर निजी क्षेत्रले बजेटको स्वागत गरेको दाबी गरे। ‘स्रोतको निकै संकुचनको अवस्था महसुस गरेका थियौं। तर, राष्ट्रिय तथ्यांक कार्यालयले चालु वर्ष ३.९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ । यो गत आर्थिक वर्षको भन्दा राम्रो हो,’ उनले भने।
गत आर्थिक वर्ष १.९ प्रतिशत आर्थिक वृद्धि भएको थियो। बजेटमाथिको सैद्धान्तिक छलफलमा अहिले पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले धारणा राखिरहेका छन्। सरकारले आगामी आर्थिक वर्षकालागि गत १५ जेठमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।