logo

संसदमा सुरुभयो बजेटमाथिको छलफल , निजी क्षेत्रको मनोबल खस्किन नदिन कर धेरै चलाइएन :अर्थमन्त्री

    608   पटक पढिएको


२० जेठ/अर्थ र व्यापार – आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा सामान्य छलफल सुरु भएको छ । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनको प्रस्तावमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल सुरु भएको हो।
अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले निजि क्षेत्रको मनोबल खस्किन नदिन करका दर धेरै हेरफेर नगरेको बताए।
‘अर्थतन्त्र अप्ठेरोमा रहेकाले करका दरमा धेरै चलाइएको छैन। निजी क्षेत्रमा कर नीतिमा अस्थिरताको सन्देश नजाओस् भनी धेरै नचलाइएको हो,’ उनले भने ‘स्वदेशी उत्पादन र उद्योगलाई संरक्षण गर्ने ठाउँमा मात्र चलाइएको छ।’
उनले सन्तुलित रुपमा आएको भनेर निजी क्षेत्रले बजेटको स्वागत गरेको दाबी गरे। ‘स्रोतको निकै संकुचनको अवस्था महसुस गरेका थियौं। तर, राष्ट्रिय तथ्यांक कार्यालयले चालु वर्ष ३.९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ । यो गत आर्थिक वर्षको भन्दा राम्रो हो,’ उनले भने।
गत आर्थिक वर्ष १.९ प्रतिशत आर्थिक वृद्धि भएको थियो। बजेटमाथिको सैद्धान्तिक छलफलमा अहिले पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले धारणा राखिरहेका छन्। सरकारले आगामी आर्थिक वर्षकालागि गत १५ जेठमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।