logo

स्वदेशी उद्योगलाई मारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा प्राधिकरण : उद्योग परिसंघ

    389   पटक पढिएको


१८ जेठ/अर्थ र व्यापार – नेपाल उद्योग परिसंघले स्वदेशी उद्योगहरूमा लोडसेडिङ यथावत राख्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यात गरेको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत् निर्यात गरेको भन्ने समाचार संचार माध्यमहरूमा प्रकाशित भएका छन्। सरकारले स्वदेशी उद्योगहरूको प्रवर्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरूलाई मारेर कसरी विद्युत् निर्यात गर्न सक्यो भन्नेमा आफूहरू चिन्तित भएको परिसंघले उल्लेख गरेको छ।
‘हामीले विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आएका थियौँ । तर, प्राधिकरणले विद्युत् आयात गर्दा महँगो पर्ने तर्क गर्दै विद्युत् आयात नै गरेन । जसको मारमा उद्योगहरू विगत तीन महिनाअघि देखि पर्दै आएका छन्,’ परिसंघले विज्ञप्ति जारि गर्दै भनेको छ, ‘अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ।’
निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरूको प्रवर्धनमा सहयोग गर्न परिसंघले आग्रह समेत गरेको छ । उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न परिसंघले माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।