logo

मेल्टिङ प्लान्ट उद्योगीलाई अर्थमन्त्रीको जवाफ: कसैको अनुहार हेरेर कर हेरफेर गरिएको होइन न्यायोचित हिसाबले तय गरिएको हो, यसमा बिबाद नगरौं

    569   पटक पढिएको


१६ जेठ/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले मेल्टिङ उद्योगीलाई करका दर हेरफेर गर्दा कसैको पनि अनुहार नहेरेको जवाफ दिएका छन्।
नेपाल फलामे छड उत्पादक संघले बुधबार पत्रकार सम्मेलन गरी बिलेटमा आधारित उद्योगलाई पोस्ने गरी कर नीति अवलम्बन गराएको आरोप लगाएकामा अर्थमन्त्री पुनले करको दर हेरफेर कर्दा कसैको अनुहार नहेरेको दाबी गरेका हुन्।
अर्थमन्त्री पुनले मंगलबार सार्वजनिक भएको बजेटबारे स्पष्ट्र पार्दै व्यवसायीलाई बिरोध नगर्न आग्रह गरे । उनले यसमा सरकारले धेरै अध्ययन गरि राम्रोसित बुझेर मात्र बजेटमा समावेश गरिएकाले अहिले नै यसरी बिबाद नगर्न आग्रह गरे ।
आर्थिक विधेयक २०८१ मार्फत् बिलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशतबाट बढाएर २.५ प्रतिशत पु¥याएका छन्। यसलाई मेल्टिङ उद्योगीहरुले ३८ अर्बको लगानी डुबाउने कदम भनेका छन्।
‘स्पन्ज विगतमा विचलन भयो भन्ने भयो। अहिले स्पन्ज आइरनमा अर्काे विचलन नहोस् भन्ने हिसाबले कसैको अनुहार हेरेर भन्दा पनि समग्रमा न्यायोचित रूपले कर लगाइएको हो। यो सबै कच्चापदार्थ ल्याएर नै तयारी गरिन्छन्।

त्यसरी कुन चाहिँ कच्चा पदार्थलाई प्राथमिकता दिने भन्ने हिसाबले तीनवटा स्ल्यावसहित कर चलाइएको हो,’ मन्त्री पुनले पत्रकारसँग भने, ‘सबै उद्योगलाई संरक्षण गर्ने हिसाबले निष्कर्षमा पुग्नुपर्छ भन्ने हिसाबले इमानदारीपूर्वक प्रतिस्पर्धा गर्न न्यायोचित होस् भन्ने हिसाबले कर तय गरिएको हो।’
मेल्टिङ उद्योगीले भने कच्चा पदार्थ आयात गर्दै स्वदेशमा ५० प्रतिशत भ्यालु एडिसन गर्ने उद्योगलाई धरासायी बनाउँदै १२ प्रतिशतभन्दा कम भ्यालु एडिसन गर्ने उद्योगलाई पोस्न कर नीति परिवर्तन गरेको आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।