logo

१६ औं पञ्चवर्षीय योजनाको लक्ष्य : आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याइने

यो योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको छ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ

    536   पटक पढिएको


२ जेठ/अर्थ र व्यापार – आर्थिक वर्ष (आव) २०८५/०८६ सम्म नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्यसहितको योजना सार्वजनिक गरिएको छ ।
राष्ट्रिय योजना आयोगले बुधवार सार्वजनिक गरेको १६ औं पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा उक्त लक्ष्य लिइएको छ । हाल नेपालको आर्थिक वृद्धिदर (२०७९/८०) ३.९ प्रतिशत छ ।
यस योजनामा आव ०८१/८२ मा नेपालको वार्षिक आर्थिक वृद्धिदर ६ प्रतिशत हासिल गर्ने लक्ष्य राखिएको छ । यस्तै, आव ०८२/८३ मा ६.६ प्रतिशत, आव ०८३/८४ मा ७.४ प्रतिशत, आव ०८४/८५ मा ७.९ प्रतिशत र आव ०८५/८६ मा ७.२ प्रतिशत वार्षिक आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ ।
समग्रमा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत कायम गर्ने १६औं पञ्चवर्षीय योजनाको लक्ष्य छ । यो पञ्चवर्षीय योजना मंगलबार नै मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । अब सरकारले यहि योजना अनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गरि सार्वजनिक गर्ने छ ।
१६ औं आवधिक योजना सार्वजनिक गरेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले यस १६औं आवधिक योाजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । ‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको छ । त्यसकारण अब आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने छ,’ उपाध्यक्ष श्रेष्ठले भने ।
पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उनले बताए ।
उपाध्यक्ष श्रेष्ठले १६औं योजना पहिला भन्दा फरक बनेको भन्दै यसपटक मन्त्रालयहरूलाई गाइडलाइन दिइएको बताए । १५औं योजना भन्दा आकारमा आधा सानो १६ औं योजना रहेको भन्दै उनले मन्त्रालयका सूक्ष्म कार्यक्रम नराखिएका कारण आकार घटेको बताए ।
‘यो योजनाले सबैभन्दा विशेष रुपमा गरेको काम नै समस्यालाई गहिराइमा पुगेर गरिएको अध्ययन हो । अर्थतन्त्र, शासकीय समस्याको पहिचान गरिएको छ । सोही अनुसार १६औं योजना बनेको छ,’ आवधिक योजनाबारे उनले भने ।
अहिलेसम्म महत्त्वकांक्षी योजना बनेको भन्दै उनले कार्यान्वयन गर्न सकिने लक्ष्य मात्र राखेको बताए । ‘हाम्रो जोड हरेक योजना र कार्यान्वयनको कार्यान्वयन हो,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।